अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

आज हुन गईरहेको एनआरएन अमेरिकाको साधारण सभामा अत्याधिक सहभागिता

बिआरटीनेपाल २०७३ माघ १ गते ५:४९ मा प्रकाशित

ड्यालसमा आज हुन गईरहेको गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वार्षिक साधारण सभामा अत्याधिक सहमागीता देखिएको छ । ७५ वटै देशमा रहेका एनआरएनए भन्दा ठूलो र धेरै सदस्य संख्या रहेको एनआरएनए अमेरिकाको वार्षिक साधारण सभामा अमेरिका लगाएत अन्य राष्ट्रबाट पनि संघ संस्थाका प्रतिनिधी मन्डल ,एनआरएनएका अभियन्ता, जन सम्पर्क समितिका नेताहरू ,पत्रकारहरू, कलाकारहरू, समाजसेवी, बुद्धिजिवी ,बिध्यार्थी लगायतका ब्यक्ती उपस्थिीत रहंदा एनआरएनए अमेरिकाको वार्षिक साधारण सभामा सहभागिता बाक्लीएको हो । 

 गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपालवाट पराराष्ट्र मन्त्री डा. प्रकाशशरण महत हिजो नै    आईसक्नु भएको  छ । 

त्यस्तै एनआरएनएको पाँचौं वार्षिक साधारण सभामा आउने हरेक अतिथिहरूलाई स्वागत गर्न एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल,आईसीसी उपाध्यक्ष कुमार पन्त, आर सी सोनाम लामा,डीआरसी एसी सेर्पा, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी , उपाध्यक्ष रविना थापा,वन्दना कोईराला,डिल्ली भट्टराई लगायत एनआरएन अमेरिकाका सम्पूर्ण पदाधिकारिहरू पनि यतिबेला ड्यालसमा हुनुहुन्छ ।

 साधारण सभाका संयोजक तथा एनआरएनएका उपाध्यक्ष राम सी पोख्रेल, एनआरएन च्याप्टरका अध्यक्ष उत्तम लामिछाने, जनसम्पर्क समिति वेष्ट टेक्ससका अध्यक्ष हरिवोल भण्डारी, जनसम्पर्क समिति ड्यालस फोर्डवर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्की, एनआरएनए अमेरिका का सल्लाहकार गौरि जोसी र सुनिल शाह नेजाका अध्यक्ष भोला आचार्य लगायत नेजाका कार्य समितिका पदाधिकारिहरू,तथा एनआरएनए अमेरिकाका कोषाध्यक्ष वेद वस्नेत,वोर्डअफ डायरेक्टर विनोद तिवारी, नेपाली समाज टेक्सास डालसका अध्यक्ष कृष्ण लामिछाने, अन्य एनआरएन प्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीले पाहुनाहरूलाई स्वागत तथा सहयोग र व्यवस्थापनमा खटिनु भएको छ । 
 
 अहिले ड्यालस टेक्सासमा संसारमा छरिएर वसेका नेपालीहरूको चासो तथा ध्यानाकर्षण वढ्नु पनि स्वाभाविक छ । किनभने अमेरिका संसारका ७५ वटै देशमा रहेका एनआरएनए भन्दा ठूलो र धेरै सदस्य संख्या रहेको एनआरएनए अमेरिका प्रति संसारकै नेपालीहरूको र एनआरएनको चासो साधारण सभाले सबैलाई समावेश गर्ने  समावेशी विधान पास गर्ने छन र सम्पूर्ण विदेशमा वस्ने नेपालीहरूलाई आकर्षण गर्ने छ भन्ने विश्वास लिएका छन् ।   

 परराष्ट मन्त्री महतले  टेक्सासको ड्यालसमा  शनिवारको कार्यक्रममा  प्रमुख अतिथिका रुपमा साधारण सभाको उद्घाटन मन्तव्य दिनुहुने छ । यस पटक परराष्ट्रमन्त्रीको अमेरिका बसाई कार्यक्रम अत्यन्त छोटो छ ।

 नेपाल सरकारले पराराष्ट्रमन्त्रालयलाई एनआरएन मामिला सम्वन्धी हेर्न तोकेकोले पनि डा महत एनआरएनएको साधारण सभाका लागि मात्र आउनु भएको हो । सम्मेलनमा सहभागी हुन एनआरएनएका सम्पूर्ण पदाधिकारीहरू, नेपाली राजदूत डा. अर्जुनकुमार कार्की,जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट,वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, महासचिव मुनेन्द्र नेवांग, सनफ्रान्सिस्को क्षेत्रका नेजाका ओएष्टकोष्ट संयोजक ध्रुव कुँवर, अनिल पाण्डे लगायतका व्यक्तिहरु पनि ड्यालस पुग्नुभएको छ ।
एनआरएन अमेरिका पाँचौं साधारण सभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि, अमेरिकाका अधिकांश राज्यलगायत युरोप र क्यानडाबाट समेत सहभागी हुने छन् ।
एनआरएन अमेरिका अध्यक्ष डा. पौडेलले एनआरएनए अमेरिकाको साधारण सभाको पूर्व तयारी पूरा भएको जानकारी दिंदै एनआरएनलाई अघि बढाउन हामीसबै नेपालीहरूले कम्मर कसेर लाग्नु पर्ने घड़ी आएकोको आशय व्यक्त गर्दै उहाँले भन्नु भयो –‘म यहाँ रहनु हुने सम्पूर्ण स्थानीय तथा वाहिरवाट आउनु हुने एनआरएन प्रेमी नेपाली जनसमुदायलाई यो साधारण सभामा सक्रियताका साथ सहभागी भई नेपाल र नेपालीहरूलाई सफल र सवल वनाउन एनआरएनएले के गर्नु पर्छ ? भन्ने ख़ाका तयार गर्न र हामीलाई निर्देशन दिन हुन आग्रह गर्छु’ ।
 
    
प्रतिक्रिया