अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

कसले कति बनायो एनआरएन अमेरिकामा सदस्य- रविन ब्रजाचार्य

बिआरटीनेपाल २०७३ पुष २८ गते २२:४९ मा प्रकाशित

सदस्यता सम्बन्धी नियमावलि बनाउन चर्को बहस चल्दै गर्दा २०१५ को निर्वाचन को लागी कसरी एनआरएन अमेरिकाको सदस्यता प्राप्त गरे भनेर एकचोटी पुनरावलोक गर्न जरुरी हुन्छ । त्यसैले एनआरएन अमेरिकाले २०१५ को अन्त तिर आफ्नो वेब साइटमा प्रकाशित गरेको डाटाहरूलाई एकचोटी केलाउने जमर्को गर्दैछु । जुन डाटा हाल वेबसाइटबाट हटाई सकिएको छ ।

१०,७७० सदस्य मध्ये खाली ३९८० जना सदस्यको मात्र पैसा तिरेको स्पष्ट देखाईएको छ भने ६७९० जनाको ठाउँ खाली नै राखिएको छ । चुनाव जित्नैको लागि पैसा तिरेर सदस्यहरू बनाईयो भन्ने जुन आरोपहरू लागिरहेको बेलामा ती आरोपहरू वास्तविक नै हुन कि भनेर सोच्न बाध्य तुल्याउँछ । सोनी थापाले $६,००० भन्दा बढी रकम सदस्यता बनाउन क्रेडिट कार्डबाट तिरेको रसिद बाहिर आएको अवस्थामा सोनी थापा नामबाट तिरेको जम्मा ३४ जनाको नाम मात्र सो डाटामा भेटिन्छ भने बाकी क-कसको पैसा तिरेको हो भन्ने कुरा सो डाटामा देखिँदैन । स्मरण रहोस् कोषाध्यक्षज्युले आफूले, सोनी थापाद्वारा क-कसको पैसा तिरेको हो जानकारी दिन असक्षम भएको जानकारी न्यायिक समतिलाई दिनुभएको थियो ।

त्यसै गरी एक जना सापकोटा बन्धुले KP Credit card #************१००६ बाट ६६ जना सदस्यको पैसा तिरेको देखिन्छ, भने ती सदस्यहरू विभिन्न १४ वटा राज्यमा छरिएर रहेको देखिन्छ । यो KP भन्ने पक्कै सन्त कृष्ण प्रसाद त होइन होला, कि सापकोटा बन्धुको नजिकको नातेदार हुनुहुन्छ, कुरा वहाँहरु नै जान्नु हुन्छ । त्यसै गरी अन्य साथीहरूले पनि आफ्नै वा आफ्नो परिवारको नामबाट सदस्यता बुझाएको पाइएको छ ।

स्टेटको हिसाबमा हेर्ने हो भने सबै भन्दा बेसी न्यु योर्कबाट २८८१ जना र कम अलास्काबाट १ जना सदस्य बनेको देखिन्छ । इमेलको हिसाबबाट हेर्ने हो भने मित्रहरुले धेरै चालाखी देखाएको देखिन्छ । कुनै पनि इमेलबाट ६ जना सदस्य बनेको पाइएन्, बरु प्रशस्त रूपमा नक्कलि इमेल बाइएको आभास हुन्छ । 

म हिजो एक जना बाहुन मित्र पत्रकार मित्रसँग कुरा गर्दै थिएँ वहाँका अनुसार वहाँले अनलाइनमा फाराम भरेको हो, तर पैसा चाहिँ वहाँले अनलाइन मार्फत तिरेको हैन, कसले कसरी तिरि दियो थाहा छैन भन्नु भो, त्यसै गरी एक जना नेवार मित्रले आफ्नो श्रीमतीलाई अरू कसैले सदस्य बनाइ दिएको जानकारी दिनु भयो । त्यसै गरी क्षेत्री मित्रहरू र जनजाति मित्रहरू पनि हुनु हुन्छ जस्को पैसा अर्कैले तिरि दिएको हो भनेर गर्व गर्नु हुन्छ । कमसेकम मेरो पैसा त खर्च भएन भन्नु हुन्छ । यसरी अर्काले पैसा तिराउने समूहमा सबै जातिहरु संग्लग्न रहेको देखिन्छ । Sweta Khadka

IP Address को हिसाबले हेर्ने हो भने ३० वटा कम्प्युटरबाट ४२५५ अर्को ८० वटा कम्प्युटरबाट १५८६ र २६५३ बाट ४४४४ सदस्य बनाइएको देखिन्छ, भने एउटै कम्प्युटर बाट IP Address बाट २६ वटा स्टेट सम्मको र ३७५ जना सम्म सदस्य बनाइएको पाइएको छ । 

हुनत विधानमा कसले कसको पैसा तिर्न पाइन्छ भनेर खुलेर व्याख्या गरेको पाइन्न । तर चुनावी नियम अनुसार चाहिँ एउटै खामबाट ६ वटा भन्दा बढी आएका मतहरुलाई बदर गरिएको छ।हालको अवस्थामा आएर कसले कसको पैसा तिर्न मिल्ने नमिल्ने भनेर विधानमा स्पष्टरुपले किटान गर्नु पर्ने देखिन्छ । साथै एनआरएनको डाटामा हाल्दा कुन माध्यमबाट शुल्क बुझाइएको हो भन्ने कुरा पनि स्पष्ट रूपमा किटान हुन जरुरी छ, हैन भने यँन्या पुन्हीको बेला “वा मस्त समय बजी का: वा ” भनेर समय बजी बाँडे जस्तै भए भरका जतिलाई चुनाव जित्ने अभिप्रायले सदस्यता बाँड्दै जाने छुट दिने भए अबको दुई चार वर्षमै एनआरएन अमेरिका बिलय हुन्न भनेर भन्न सकिन्न । त्यसैले बेलैमा सोचेर एनआरएन अमेरिकाको संरक्षण र सम्बर्ध्न गर्नु हामी सबैको साझा दायित्व हो ।

प्रतिक्रिया