अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस मनाइयो

बिआरटीनेपाल २०७३ पुष २७ गते २३:२४ मा प्रकाशित

जनकपुरकी पहिलो सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस मनाइएको छ । विसं २०६५ साल पुस २७ गते हत्या गरिएकी पत्रकार सिंहको सम्झनामा बुधबार नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी उनको आठौँ स्मृति दिवस मनाएको हो ।

जनकपुरका सम्पूर्ण सञ्चारकर्मीको उपस्थिति रहेको दीप प्रज्वलन कार्यक्रममा पत्रकारिता क्षेत्रमा सिंहले पुर्याएको योगदानलाई सबैले स्मरण गरेका थिए ।

जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई विसं २०६५ पुस २७ गते राति सवा ९ बजे जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरा खाना बनाईरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।

पत्रकार सिंहका मुख्य हत्यारा उमेश यादव धनुषा जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् भने घटनामा संलग्न पत्रकार सिंहकी भाउजू ललिता यादव र नेमलाल पासवान पनि जलेश्वर करागारमा जन्मकैदको सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू