अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

अन्टारटिकाको भिन्सोंन मसिफ र माउण्ट रजडम्यानमा संजयले फहराए नेपाली झण्डा (भिडियो)

बिआरटीनेपाल २०७३ पुष २७ गते ६:५४ मा प्रकाशित

विश्वको सातौं ठुलो महादेशको सातौं ठुलो शिखर अन्टारटिकाको भिन्सोंन मसिफमा नेपाली पर्वतारोही संजय पण्डितले कृतिमानी राख्दै नेपाली झण्डा फहराएका छन् । कठिन आरोहणलाई बिजयमा बदल्दै संजयले नेपाली स्वाभिमान स्वरुप भातगाउँले टोपी लगाएर नेपाली झण्डा फहराएका हुन् ।

भिन्सोन मसिफको सफल आरोहणपछि संजयले सोमबार फेरी अन्टारटीकाको अर्को चर्चित पर्वत माउण्ट रजडम्यान पनि आरोहण गरेका छन् । पर्वतारोहीको सपनाको रुपमा हेरिएको माउण्ट रजडम्यानको दक्षिण तर्फबाट आरोहण गरेको संजय सहितको टोलीले यो पर्वत सफलतापूर्वक आरोहण गरेका थिए ।संजयले माउण्ट रजडम्यानको चुचुरोमा ५ मिनेट अर्ध नग्न भएर नेपाली झण्डा फहराएका थिए ।

संजय माउण्ट रजडम्यान आरोहण गर्ने पहिलो नेपाली हुन् । उनलाई अमेरिका विश्वचर्चित आरोही तथा १० पटक सगरमाथा आरोहण गरिसकेका वर्न तेजासले गाईड गरेका थिए भने क्यानडाका एलन किलर संजयका सहयात्री रहेका थिए ।

 

 

 

तस्विर:विश्वचर्चित अमेरिकी आरोही वर्न तेजास

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू