अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

पृथ्वी जयन्ती मनाउन दशौं हजार जनता स्वतस्फुर्त सडकमा, सालिकमा १०४ मिटर लामो माला सहित प्रहरीको सलामी

बिआरटीनेपाल २०७३ पुष २७ गते २:२३ मा प्रकाशित

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन दशौं हजार जनता स्वतस्फुर्त रुपमा सडकमा उत्रेका छन् । सरकारले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरेको पृथ्वी जयन्तीका दिन राजधानीमा उर्लेको यो जनलहरले पृथ्वी नारायण शाहको शालिकमा १०४ मिटर लामो फुलको माला पहिर्याउनुका साथै प्रहरी टुकडीको सलामी सहित पृथ्वी जयन्ती मनाएको हो ।

हातमा पृथ्वी नारायण शाहासंग सम्बन्धीत बिचार र उनका दिव्यउपदेश लेखिएका पम्प्लेट, खुकुरी लगायतका सामग्री बोकेको युवा युवतीहरु प्राय दौरा सुरुवाल, ढाका टोपी साथै बिभिन्न संस्कृती झल्कने पहिरनमा देखिन्थे । र्यालीमा केही संघ संस्थाका ब्यानर देखिएपनि यो समुहले आफुहरु कुनै राजनितीक बिचारमा आवद्ध नभई पृथ्वी नारायण शाहको योगदानको कदर स्वरुप सडकमा निस्कीएको बताएका थिए ।

पशुपती समसेर जवरा लगाएतका केही राजनितिक दलका नेताहरु समेत उपस्थित र्यालीमा सरकारले पृथ्वी जयन्तीलाई चासो नदेखाउनु राष्ट निर्माता पृथ्वी नारायण शाहलाई अपमान गरिएको गुनासो सुनिएको थियो ।

बृहत र्यालीका कारण पृथ्वी नारायणको सालिक रहेको सिंहदरवार आसपासको क्षेत्रमा करिव ३० मिनेट सवारी आवागमन अवरुद्ध भएको थियो । भिडलाई नियन्त्रण गर्न नसक्दा झडपको स्थीती सृजना हुन सक्ने अनुमान गरिएको भएपनि कुनै त्यस्तो घटना भने हुन पाएन ।


Sweta Khadka

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू