अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

ट्रम्पको अश्लिल भिडियो रुससँग, जसका कारण ट्रम्पले रुससँग गोप्य सम्झौता गर्दै आएको दावी

बिआरटीनेपाल २०७३ पुष २७ गते ०:५९ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको अश्लिल भिडियो रुससँग रहेको दाबी गरिएको छ । रुसी स्रोतका अनुसार रुससंग ट्रम्पसँग सम्बन्धित आश्चर्यजनक जानकारीका साथमा ट्रम्पको अश्लिल भिडियो पनि छ ।

मस्कोको एक होटलमा ट्रम्प बसेको समयमा लिइएको उक्त भिडियोमा यौनकर्मीका साथ ट्रम्प रहेको बताईएको छ । समाचार एजेन्सीहरुका अनुसार यो तथ्य ब्रिटिश गुप्तचर एजेन्टहरुले तयार गरेको प्रतिवेदनमा उल्लेख छ जुन प्रतिवेदन पूर्व ब्रिटिश गुप्तचर एजेन्टले ट्रम्पका राजनीतिक विरोधीहरुका लागि तयार गरेका थिए ।

अमेरिकी गुप्तचर अधिकारीहरुले यसबारेमा ट्रम्पलाई समेत जानकारी दिइएको बताइएपनि ट्रम्पले भने यस्तो समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् तर स्रोतका अनुसार रुसी अधिकारीहरुले ट्रम्पसँग सोही भिडियोका आधारमा केही महत्वपूर्ण सम्झौता गरेको दाबी पनि प्रतिवेदमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यममा हालै प्रकाशमा आएको रिपोर्ट अनुसार रुससँग ट्रम्पको अश्लिल भिडियो भएकै कारण कुनै पनि समय उनी रुसी ब्ल्याकमेलिङको शिकार हुन सक्छन् । ट्रम्पसँग सम्बन्धित आश्चर्यजनक जानकारीकै आधारमा रुसले पाँच वर्षदेखि ट्रम्पको समर्थन गर्दै आएको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू