अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

ओबामा आफ्नो अन्तिम भाषणमा आफू रोए र छोरीलाई पनि रुवाए (पुरा भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २६ गते २२:५२ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तिम भाषण गर्ने क्रममा सिकागोमा भावुक मात्र भएनन् उनी रोए पनि । उनी रुमालले आँसु पुछे भने आफ्नो अगाडी बसेकी छोरीले पनि मन थाम्न सकिनन् र उनी पनि रोईन ।

प्रथम महिला मिसल ओबामा निकै भावुक बनिन । मिसलओबामा कै छेउमा बसेका उप-राष्ट्रपति जो बाईडनलाई प्रशंसा मात्र गरेनन आफूले दाजु पाएको भने । ओबामाले मिसल मेरो पत्नी मात्र हैन, छोरीकि आमा मात्र पनि हैन मेरो एक असल साथी हो भन्दा कर्तल ध्वनि वरपरबाट गुन्जयमान भएको थियो l 

उनले मन्तव्य क्रममा हाम्रा संस्थापकले हामीलाई बृहत् उपहार दिएको छ भने । हाम्रो विकास उच निच भएको भन्दै ईरानको आणविक हतियार बन्द गर्न सफल भएको भन्दै सेप्टेम्बर ११ का योजनाकारलाई समेत हटाएको स्मरण गराए ।

ओबामाले हामी राष्ट्रपति भए पछि अमेरिका अझ राम्रो र शक्तिशाली भएको मन्तव्यको क्रममा राखे । अब केवल १० दिन मात्र आफ्नो कार्यकाल रहेकोले १० दिन भित्रमा विश्वले अब हाम्रो प्रजातन्त्रको प्रमाण चिन्ह परिवर्तनको साक्षी हुने बताए । १० दिन भित्र हामी शान्तिपूर्ण रूपले हामी हाम्रो शक्ति हस्तान्तरण गर्ने जताए । उनले जर्ज बुसले पनि यसरी नै गरेको स्मरण गराए ।

मन्तव्य कै क्रममा उनले राजनीति भनेको ज्ञानको युद्ध हो भने । उनले अहिले सम्म गरेको धरै भाषण मध्ये कै सर्बोकृष्ट भाषण भएको टिका टिप्पणी सामाजिक सञ्जालमा प्रतिक्रिया आई रहेको छ ।

पुरा भिडियो (President Obama will deliver his farewell address to the American people.)

प्रतिक्रिया