अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

राजेन्द्र महतोलाई १०१ किलोको फूलको मालाले स्वागत

बिआरटीनेपाल २०७३ पुष २६ गते १०:३२ मा प्रकाशित

प्रेस मञ्च नेपालले आयोजना गरेको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरियो । सदभावना पार्टी निकट प्रेस मञ्च नेपालको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्न मंगलबार वीरगन्ज पुगेका महतोलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको हो ।

कार्यक्रममा महतोले पत्रकारहरुलाई मधेस र मधेसी जनताहरुको समस्या र हकअधिकार सुनिश्चित गराउन सम्पुर्ण पत्रकारहरु एक जुट भई अवाज उठाउन आग्रह गरेका गरे ।

कार्यक्रममा सह-अध्यक्ष लक्ष्मणलाल कर्ण, बरिष्ठउपाध्यक्ष नवल किसोर साह, महासचिव मनिष सुमन, सह महासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता, अर्जुन उप्रेती, केन्द्रिय सदस्य योगेन्द्र यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा। दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू