अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

प्याब्सनद्वारा बालगृहलाई ७० हजार बराबरको सहयोग

बिआरटीनेपाल २०७३ पुष २५ गते ४:४६ मा प्रकाशित

पथरी, २५ पुस
निजि तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको २७ औं स्थापना दिवशको अवसरमा मोरङको उर्लाबारीस्थित नमूना बालगृहलाई ७० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।
प्याब्सनको इलाका नम्बर ७ र ८ को संयुक्त आयोजनामा दुवै इलाका २५,२५ हजार रुपैयाँको मानार्थ सदस्य बन्दै त्यहाँका अनाथ बालबालिकालाई २० हजार रुपैयाँ बराबरको दाल, कापी र फलफुल प्रदान भएको हो ।
कार्यक्रममा, प्याब्सन मोरङका सहसचिव सुवास राई, ७ नम्बर इलाका संयोजक सुरेन्द्र लिम्बू र ८ नम्बर इलाका संयोजक भूवन श्रेष्ठले बालगृहकी अध्यक्ष मीना बराललाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।
त्यहाँ रहेका ४१ जना अनाथ बालबालिकाहरुलाई पायक पर्ने नीजि विद्यालयहरुले निशुल्क पठनपाठनको व्यवस्था मिलाउन आफुहरु तयार रहेको प्याब्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईले घोषणा गर्नुभएको छ ।
सोही अवसरमा पार्लेन्स बोर्डिङ उर्लाबारी ४ का प्रिन्सिपल रुपचन्द्र भट्टराईले आफुले १० हजार नगद तथा २ हजार ५ सय रुपैयाँको आजिवन सदस्य बनेर सहयोग पुर्याउने घोषणा गर्नुभएको छ ।
ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू