अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

नाराबाजीबीच संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत

बिआरटीनेपाल २०७३ पुष २४ गते ११:२४ मा प्रकाशित

काठमाडौँ, २४ पुस । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७३’ प्रस्तुत गरेको छ ।

नेकपा (एमाले) लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बिच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो ।

त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताउनुभयो । यसै गरी सांसद केसीले पनि विरोधको सूचना फिर्ता नमान्नुभएपछि बैठकले उहाँहरूको प्रस्तावलार्य बहुमतले अस्वीकृत गरेको हो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २५ गते सोमबार दिउँसो १३ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू