अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

मध्यरात सम्मै झुम्यो बाल्टिमोर ‘तमु ल्होशार’को रौनकमा

बिआरटीनेपाल २०७३ पुष २३ गते ९:०४ मा प्रकाशित

अमेरिकाको बाल्टिमोर शहरमा तमु ल्होशार भब्यताका साथ सम्पन्न भएको छ । बाल्टिमोर तमु समाजको आयोजनामा बिबिध कार्यक्रममका साथ अमेरिकाको बाल्टिमोरमा तमु ल्होशार सम्पन्न भएको हो ।

स्वागत समारोह र बिबिध सांस्कृतिक कार्यक्रम गरेर दुई चरणमा संचालित कार्यक्रममा गुरुङ भाषाका गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र  मारुनी नृत्य प्रस्तुत गरिएको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रियगानबाट शुरु गरिएको स्वागत समारोहमा  नेपालबाट अमेरिका पुगेकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय ऊप(सभापती कुसुम भट्टचनलाई खादा र ब्याच लगाई दिएर अमेरिकामा स्वागत गरिएको थियो ।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डका लागी नेपाल सरकारका  महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको स्वागत समारोहमा ल्होशार संयोजक कुल प्रसाद गुरुंगले उपस्थित दर्शकहरुलाई स्वागत गरेका थिए।

बाल्टिमोर तमु समाजको आयोजनामा यो पहिलो ल्होशार भएकाले पनि कार्यक्रमको तयारी पहिले बाट नै उत्कृष्ठ थियो ।

संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महत, बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ र  बयोबृद्ध लोक बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको ऊद्घाटन गरेका थिए ।


बाल्टिमोरको पुलस्की हाईवे व्हाईट मार्श स्थित पार्कर्स नाम गरेको गरेको ३०० सिट क्षमताको पार्टी प्यालेस जस्तै मोडेलको ब्यान्क्वेट हलमा आयोजित कार्यक्रममा ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष श्री नन्द गुरुङले स्वागत समारोहलाई सम्बोधन गरेका थिए ।

त्यस्तै दोस्रो चरण अन्तरगतको साँस्कृतिक कार्यक्रममामा बिभिन्न कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । गुरुङ भाषाका गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र  मारुनी नृत्य प्रस्तुत गरिएको कार्यक्रममा रात्रिभोज सहित पे बार को पनी ब्यबस्था गरिएको दर्शकहरु मध्ये रात कलाकारलाई साथ दिंदै नाच गानमा सामेल भएका थिए ।

डिसीनेपालले प्रत्यक्ष प्रशारण गरेको अमेरिकाको तमु ल्होशारलाई १ लाख ७२ हजार अमेरिकाबासीले हेरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू