अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

लस भेगासको जनसम्पर्क अधिकारीमा किरण कुमार शर्मा नियुक्त

बिआरटीनेपाल २०७३ पुष २३ गते ६:५२ मा प्रकाशित

अमेरीकाको लस भेगासका लागि नेपाल पर्यटन बोर्डले किरण कुमार शर्मालाई जनसम्पर्क अधिकारी नियुक्त गरेको छ । उनलाई केहि दिन अघि मात्रै २ बर्षका लागि जनसम्पर्क अधिकारीको रुपमा नियुक्त गरिएको हो ।

नेपाल पर्यटन बोर्डले शर्मालाई अमेरिकामा बसेर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै जनसम्पर्क अधिकारी नियुक्त गरेको जनाएको छ । शर्माले नियुक्तीसँगैं आफ्नो भिजिटिगं कार्डमा पर्यटन बोर्डको लोगो राख्न पाउनेछन् । साथैं उनलाई त्यहाँ स्थित नेपाली दुतावास, सरोकारवाला निकायहरुसँग समन्वयका लागि भनिएको छ ।

को हुन किरण कुमार शर्मा ?
किरण कुमार शर्माले अमेरिकाको लस भेगासमा बिगत ६ बर्षदेखि मकालु ट्राभेल्स सञ्चालन गर्दै आएका छन् भने बिगत १९ बर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् । साथसाथै लायन्स क्लवको सभापति, चार्टड सेक्रेटरी र नर्थ लस भेगासको उत्तरी प्रान्तको सल्लाहकार भएर सामाजिक सेवामा पनि शर्मा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू