अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

अनेसास महिला समितिमा भारती गौतम

बिआरटीनेपाल २०७३ पुष २२ गते २२:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ |अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो |

समितिले आगामी तेश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सिक्किममा गर्ने छ भने महिला सर्जकको सिर्जना संकलन गरेर कृति प्रकाशन गर्ने छ |

प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २००९ का संयोजक साहित्यकार गौतमका कविता , सस्मरण लगायतका विधामा कृति प्रकाशित छन् |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू