अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

नेकपा (माओवादी) सूर्यबिनायकको दोस्रो नगर सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७३ पुष २२ गते ९:४३ मा प्रकाशित

नेकपा (माओवादी)सूर्यबिनायकको दोस्रो नगर सम्मेलनले जोवन तामाङलाई सेक्रेटरीमा सर्वसम्मतले चयन गरी सम्पन्न गरेको छ । सम्मेलनले तामाङको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

नयाँ कमिटीलाई पार्टीका केन्द्रीय सदस्य आजाद के.सी., उपत्यका व्युरो सदस्य अर्जुन क्षेत्री, जनसाँस्कृतिक महासंघका सचिव कुशल बोगटी, भक्तपुर क्षेत्र नं. १ का इञ्चार्ज बद्री पुन, भक्तपुर क्षेत्र नं.२ का इञ्चार्ज प्रेम ढकाल लगायतका नेताहरुले शुभकामना तथा बधाइ दिएका थिए ।

केन्द्रीय सदस्य के।सी।ले संसदीय व्यवस्थाको पूर्ण रुपमा असफल सिद्ध भईसकेकाले विकल्पमा नयाँ नेतृत्व सहीत एकीकृत जनवादी क्रान्तिमार्फत जनवादी व्यवस्था स्थापित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने र त्यसका लागि नयाँ कार्यसमितिलाई तयार रहन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू