अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

एमालेको बृहत प्रदर्शनले राजधानीको ट्राफिक ब्यवथापन अस्तव्यस्त-‘दशककै ठुलो प्रदर्शन’

बिआरटीनेपाल २०७३ पुष २२ गते २:३४ मा प्रकाशित

संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले सहित ९ विपक्षी दलको शक्ति प्रदर्शनले आज राजधानीको ट्राफिक ब्यवथापन नै अस्तव्यस्त बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा भएको प्र्रदर्शनमा सहभागी हुन ठुलो संख्यामा प्र्रदर्शनकारीहरु भेला हुँदा ट्राफिक व्यवथापन अस्तव्यस्त हुन पुगेको हो ।

आज दिउँसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट निस्कीएको र्याथली सभास्थल प्रदर्शनी मार्गमा पुगेर ३ बजे सभा सुरु हुने कार्यक्रम रहेपनि सो क्षेत्रसम्म पुग्ने प्रर्दशनकारीका कारण राजधानीका अन्य स्थानमा पनि दिनभर सवारी आवागमनमा कठिनाई देखिएको छ ।
एकलाख बढि कार्यकर्ता सडकमा उतार्ने तयारिमा आयोजित प्रर्दशनका लागि एमाले संगै अन्य ८ दलका पार्टी अध्यक्ष सहितका कार्यकर्ता जम्मा भएको यो प्रदर्शनलाई दशक यताकै ठूलो शक्ति प्रदर्शन मानिएको छ ।

साढे ४ बजे समापन हुने भनिएको सभामा एमाले अध्यक्ष ओली सहित अन्य ८ दलका अध्यक्षहरुले सम्बोधन गर्नेछन्। जसमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपास् राष्ट्रिय पार्टी र मधेस समता पार्टीका अध्यक्षले सम्बोधन गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू