अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

रहेनन् चर्चित बलिउड अभिनेता ओम पुरी (ओम पुरीको बायोग्राफी भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २२ गते १:५१ मा प्रकाशित

चर्चित बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । सन १९५० अक्टोबर १८ मा हरियाणाको अम्बाला शहरमा जन्मेका ६६ बर्षिय अभिनेता ओम पुरीको ह्रदयघातका कारण शुक्रबार बिहान निधन भएको हो ।

सन् १९७६ मराठी चलचित्रबाट अभिनय यात्रा सुरु गरेका कलाकार पुरीले ३०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । हाल सम्म भारतमा ४ जना ब्यक्तीले मात्र प्राप्त गरेकोे प्र्रसिद्ध पुरस्कार पद्ध्म श्री पुरस्कारले समेत पाएका ओम पुरीले हलिउड चलचित्रमा समेत अभिनय गरेका छन् ।

ओम पुरीको निधनमा भारतिय प्र्रधानमन्त्री नरेन्द्र मोदले दुख ब्यक्त गरेका छन्् भने भारतिय क्रिकेट जगत देखी बिभिन्न प्रतिस्ठीत ब्यक्तीहरु उनको निधनमा स्तब्ध बनेका छन् ।

ओम पुरीको आज साँझ अन्त्यस्टी गरिने जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू