अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

उपत्यकाबासीलाई मेलम्चीको पानी असोज भित्रमै

बिआरटीनेपाल २०७३ पुष २१ गते ४:२१ मा प्रकाशित

लामो समयदेखी उपत्यकाबासीले आस गरेर बसेको मेलम्चीको पानी  असोज भित्रमै राजधानी भित्रने सम्भावना देखिएको छ । मेलम्चीदेखि सुन्दरीजल सम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी रहेपछि २०७४ असोज भित्रमै मेलम्चीको पानी उपत्यकामा आईपुग्ने सम्भावना देखिएको हो ।

२०७४ असार सम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्त सम्ममा पानी ल्याउने योजनामा रहेको मेलम्ची खानेपानी विकास समितिले सोही अनुसार काम भइरहेको जनाएको छ ।

हाल सम्म सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ । सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ । सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ ।

पुस १५ सम्म दैनिक करिब २० मिटरका दरले सुरुङ खनिदै आएकोमा त्यस पछिका दिनमा कामको गति बढाएर जति सक्यो छिट्यो टनेलको काम सक्ने लक्ष्य बनाएको मेलम्ची खानेपानी विकास समितिका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ । तर उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने हुँदा काम सोचेअनुसारले गर्न नपाईरहेको गुनासो समितीको छ ।

कामलाई अप्ठ्यारो नपरोस् र तोकिएको समयमा काम सम्पन्न गर्न सकियोस् भन्ने हेतुले समितिले निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन साथै काम गर्दा गर्दै निर्माण सामग्री बिग्रीएर काम रोक्कीने अवस्था नआवस् भनेर जगेडा उपकरण पनि लिएर राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू