अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

झापामा बिधुत चोर्दै गरेका २३ जना पक्राउ

बिआरटीनेपाल २०७३ पुष २० गते २३:०६ मा प्रकाशित

नेपाल विधुत प्राधिकरण अनारमनी, झापा वितरण केन्द्रले विधुत चोरीमा संलग्न भएको भनिएका २३ जनालाई बुधवार राति विधुतिय उपकरण सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० पुरुष र ३ महिला रहेका छन् । पक्राउ पर्नेमा टेक्रा, शरणामती र सुरुङ्गा क्षेत्रका बासिन्दाहरु छन् । प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए विधुत अनुसार प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विधुत बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरूका साथबाट दुई र तीन हर्ष पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठुला मोटर र घरमा जडित केही थान मिटर समेत बरामद गरेको छ । अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ। रातको समयमा विधुत चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ । अभियुक्तलाई बिधुत चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ। सिंहका अनुसार विधुत चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर ३ हजारदेखि २ लाख ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि बिधुत चोरी गरेर राइस मिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई २ लाख ५ हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए । रासस

Bhuwan KC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू