अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जालीमा नेता, कलाकार देखि प्रशंसकको घुँईचो(तस्विरमा)

बिआरटीनेपाल २०७३ पुष २० गते ६:४८ मा प्रकाशित

मंगलबार साँझ नाटक खेल्दा खेल्दै निधन भएका प्रशिद्ध रंगकर्मी विष्णुभक्त फुयाँल  अव हामी माझ रहेनन। बुधबार उनको अन्तिम श्रद्धाञ्जालीका लागि प्रज्ञा भवन पुगेका विभिन्न राजनितिक दलका नेताहरु, कलाकार, साहित्यकार तथा संगीतकर्मी र उनका प्रशंशकहरु उनलाई गुमाउँदाको पिडामा देखिन्थे । उनलाई अन्तिम पटक हेर्न प्रज्ञा पुगेकाहरुको घुईंचो दिनभरी जस्तै रहिरर्यो ।

फुयाँललाई श्रद्धाञ्जली दिन नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसी लगायतका नेता प्रज्ञा भवन पुगेका थिए ।रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् ।

Bhuwan KC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू