अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

‘मलाई शब्द तथा लय संकलनमा जान समय चाहिँदैन’-गायक गणेश न्यौपाने

बिआरटीनेपाल २०७३ पुष २० गते ६:१५ मा प्रकाशित

आफुलाई लोक गायक भन्न रुचाउँछन् उनी । गाउँ–समाजका प्रचलित भाका टिपेर गाउने गरेका छन् उनले । यसलाईनै लोक गीत भन्न पछि पर्दैनन् उनी । उनी अर्थात गायक गणेश न्यौपाने ।  उनी शब्द तथा लय संकलन पनि हुन् । धनकुटामा जन्मिएका उनी मेलापात, दाउरा–घाँस गर्दा गाइने ठेट शब्दलाई टिपेर लोक गीत बनाउदै आएका छन् ।

‘झुमके–सल फिरिरी’बाट गायनमा देखिएका उनी ‘धनकुटा डाँडाबजार’को गीतबाट भने चर्चा पाए । त्यसपछि उनी गायनमा अगाडि बढेको बढेकै छन् ।

थुप्रै पूर्वेली लोक गायक बीच अलग्गै छ उनको । थुप्रै पूवेली लोक भाका गाएर उनले यो परिचय बनाएका हुन् । ‘लैलैमा कान्छी’, ‘ढाकाटोपी शिरैमा’, ‘हेरन कान्छी हेरन’, ‘धनकुटा भोजपुर’ जस्ता गीत उनका अहिले पनि संचार माध्यममा घन्किने गर्दछ ।

‘मलाई शब्द तथा लय संकलनमा जान समय चाहिँदैन’, गीत लेख्न पनि त्यस्तै हो’ उनले सुनाए ‘जति बेला फुर्छ, त्यति बेला लेख्छु ।’
१० औं इमेज टुबोर्ग एवार्ड २०६५ उनलाई गीत संगीतले दिलाएको पहिलो अवार्ड हो । त्यस पछि गायनका कारणले थुप्रै पुरस्कार र अवार्ड समेत थापेका छन् उनले ।

अवार्डले गायनमा लाग्न थप उर्जा दियो’ उनले भन्ने । १२ औं इमेज टुर्बोग अर्वाड सर्बोत्कृष्ट गीत अवार्ड उचाल्न सफल उनी १३ औं इमेज अवार्ड पनि यहि बिधामा बिजेता बने । २०७० सालमा धनकुटा भोजपुर एल्बम बजारमा ल्याएका उनले यो एल्बमको शीर्ष भाकाको गीतबाट १५औं इमेज समेत हात पारे ।

लोक गीतका एल्बम निकाल्न म्युजिक कम्पनी आवश्यक हुन्छ । सुरुमा एल्बम निकाल्न दुःख पाएका उनले २०६७ सालमा आफ्नै कम्पनी हिमाली क्रियसन खोलेका छन् । त्यही मार्फत एल्बम निकाली रहेका उनले नयाँ एल्बम चाँडै बजारमा आउने बताए ।

प्रतिक्रिया