अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

‘मलाई सबैले गम्भिर देख्छन्, तर ममा त्यो गम्भिरपना छैन’- नायक मनोज आरसी

बिआरटीनेपाल २०७३ पुष २० गते ५:४४ मा प्रकाशित

चकलेटी नायक हुन् – मनोज आरसी । आधा दर्जन बढि चलचित्र अभिनय गरेका उनको चलचित्र ‘मिथ्या’ रिलिजको तयारीमा छ । अन्य चलचित्र भन्दा फरक भुमिका उनको यसमा देख्न सकिन्छ । अभिनयका हिसावले पनि उनले यसबाट धेरै आस गरेका छन् । त्यसैले पनि उनी यो चलचित्रको नाम लिन जहाँ कही छुटाउँदैनन् ।

उनलाई अभिनयमा पनि गम्भिर मुद्रामा देख्न पाइन्छ । सकारात्मक या नकारात्मक जुनसुकै भूमिकामा पनि अभिनय गरेका छन् उनले । रिल लाइफमा गम्भिर जस्तो भुमिकामा देखिए पनि उनी रियल लाइफमा भने निकै मिजासिला र फरासिला छन् । आममान्छेले सोचेको जस्तो आफु नभएको उनी बताउँछन् ।

‘मलाई सबैले गम्भिर बनेको देख्छन्, तर ममा त्यो गम्भिरपना छैन’ उनले भने । नाट्यकर्मी सुनिल पोखरेलबाट अभिनयको प्रशिक्षण सहित चलचित्रमा हात बढाएका हुन् उनले । डेब्यु चलचित्र ‘वीर गणेशमान’मा गंगालालको भूमिकाबाट सुरु भएको अभिनय पछिल्लो चलचित्र मिथ्या सम्म आइपुग्दा ओसिडिको भुमिकामा पुगेका छन् ।

जाजरकोटमा जन्मिएर रुकुममा हुर्केका ३३ वर्षे यी कलाकार सानैदेखि चलचित्र हेर्दा रहेछन् । यहि बानीले नै आफूलाई चलचित्रमा काम गर्न सजिलो भएको उनी बताउँछन् ।

‘वीर गणेशमान’, ‘लक्ष्य’, ‘सिमला’, ‘मधुमास’, ‘मिथ्या’ र ‘झुम्की’ मा अभिनय गरिसकेका मनोज विशेषतः चलचित्र ‘मधुमास’ मा उनले गरेको ‘राघव’ चरित्रबाट बढि चिनिए । दयाहाङ राईदेखि आर्यन सिग्देल अनि प्रियंका कार्कीसँग चलचित्रमा सँगै काम गरिसकेका उनलाई साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्ने रहर छ ।

अभिनयका कारणले बिभिन्न अवार्ड समारोहमा समेत मनोनयनमा पर्ने गरेका उनी बेलाबेलामा अभिनयका कारणले चर्चामा रहेने अभिनेता पनि हुन् ।

धेरै म्युजिक भिडियोहरूमा पनि आफ्नो कला देखाइ सकेका उनी भर्सनटाइल कलाकार हुन् । त्यसैले पनि उनी चलचित्रको फरक फरक भुमिकामा छानिने गर्दछन् ।

‘चलचित्रमा काम गर्न पाउनु मेरा लागि सौभाग्य पनि हो’, उनले भने, ‘मेरो कामलाई अझै राम्रो गरेर देखाउने छु । दर्शकले त्यसको मूल्यांकन गर्नु हुनेछ ।’

प्रतिक्रिया