अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

शैक्षिक सुदृढीकरणको लागि पात्लेमा बृहत अन्तरक्रिया

बिआरटीनेपाल २०७३ पुष २० गते २:२१ मा प्रकाशित

ओखलढुंगा स्थिीत पात्ले गाविसको शैक्षिक अवस्था सुदृढीकरणका लागि ‘उपायहरु खोजी गर्न’ बृहत अन्तरक्रिया आयोजना हुने भएको छ । गाविस भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यपकहरुको भेलाले यस्तो निर्णय गरेको हो ।

यही पुस महिना भित्र पात्ले मावि पात्लेले आयोजना गर्ने अन्तक्र्रियामा शिवालय मावि छेर्मादिङले ‘शैक्षिक सुधार कार्यपत्र’ पेश गर्ने पिके फाप्रे आधारभूत विद्यालय पात्ले–६, काप्रअ देवीचरण नेपालले जानकारी दिए । त्यस्तै, प्रचार प्रसारको जिम्मेवारी बालबालिका आधारभूत विद्यालय पात्ले–९, बाख्रेले लिएको छ ।

अन्तक्र्रियामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष, व्यवस्थापन समितिबाट एक महिला सदस्य, प्रधानाध्यपक र शिक्षक प्रतिनिधी गरी एक विद्यालयबाट पाँच जना अनिवार्य सहभागि हुनुपर्ने प्रावधान राखिएको छ ।

जिल्ला शिक्षाकार्यालयकाप्रतिनिधी, स्रोतव्यक्ति र स्थानीय राजनैतिक दलका प्रतिनीधिको उपस्थितीमा हुने अन्तक्र्रियामा ‘शिक्षकहरुको काजफिर्ता, यसअघि गठित विज्ञ समूहलाई निरन्तरता दिने, शैक्षिक सुधारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्ने, शिक्षा ऐन नियामलाई कडाईका साथलागू गराउन संयन्त्र निर्माण गर्ने’ लगायतको निर्णय गर्ने पात्ले माविका प्रअ लाक्पा शेर्पाले जानकारी दिए ।

आयोजित भेलाले गाविस भित्रको वर्तमान शैक्षिक अवस्था र कतिपय विद्यालयको ‘नाजुक’अवस्था रहेको समेत निष्कर्ष निकालेको छ । भेलामा शिवालय माविका व्यवस्थापन समितिका अध्यक्ष लाक्पाजी. शेर्पा, प्रअ टंकनाथ नेपाल, बालबालिका आधारभूत विद्यालयका अध्यक्ष चित्र लामिछाने लगायतले आफ्नो धारण राखे । भेला पात्ले मावि व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू