अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

शेर्पा युवाहरुलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

बिआरटीनेपाल २०७३ पुष २० गते १:५२ मा प्रकाशित

शेर्पा युवाहरुलाई बढी भन्दा बढी निजामति सेवामा सहभागि गराउने हेतुले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ । ‘प्रोफाइल इन्ष्टिच्यूट नेपाल पुतलीसडक’ले यस्तो अवसर प्रदान गरेको हो ।

प्रोपाइटर निमु शेर्पाका अनुसार ‘तालिममा सहभागि हुन चाहने शेर्पाहरुले कुनै शुल्कतिर्नु पर्दैन । दैनिकतीन चरणमा सञ्चालन हुने कक्षामा सहभागिहुने अन्यले भने शुल्क तिर्नु पर्ने हुन्छ ।’

विहान७–९, दिउँसो १२–२ र बेलुका ४–६ सम्म सञ्चालन हुने कक्षामा अहिले १५ जना प्रशिक्षार्थी छन् । प्रोफाइलले खरिदारका लागि १० हजार, नायब सुब्बा १२ हजार र शाखा अधिकृतको लागि २२ हजार शुल्क बुझाउने पर्ने प्रोपाइटर शेर्पाले जानकारी दिए । खरिदार र नासुको लागि २ महिना र शाखा अधिकृतको लागि ३ महिने कक्षा सञ्चालन हुने जनाएको छ ।

विगत ४ महिना देखि प्रोफाइलले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको छ । प्रोफाइलले अन्य विभिन्न कक्षाहरु समेत सञ्चालन गरीरहेका छन् ।

तालिम लिइरहेका १५ जनामा शेर्पा एक जना पनि सहभागि छैनन् । प्रोपाइटर शेर्पाले भनिन् ‘पूर्ण निःशुल्क कक्षा सञ्चालन गर्दा शेर्पा समुदायको सहभागिता बढ्ने आशा लिएकी छु ।’

राज्य संघीयताको अभ्यासमा अघि बढीरहेको अवस्थामा कर्मचारीको दरवन्दी समेत बढ्ने भएकाले पनि तालिममा सहभागि भएपछि शेर्पाहरुले अवसर पाउने निश्चित भएको भन्दै प्रोपाइटर शेर्पाले तालिममा सहभागि भएर अवसरको सदुपयोग गर्न आग्रह गरिन् ।

प्रोफाइलको तालिम केन्द्र पुलतीसडकको कुमारी वैंक अगाडी रहेको छ । तालिममा सहभागि हुन चाहनेले ०१–४४३२३६९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू