अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

पाख्रिबास कला साहित्य समाजद्वारा ८१ औँ भूपी जयन्तिको उपलक्षमा आयोजित स्रष्टा सम्मान कार्यक्रम

बिआरटीनेपाल २०७३ पुष १९ गते २१:५९ मा प्रकाशित

पाख्रिबास कला साहित्य समाजले ८१ औँ भूपी जयन्तिको उपलक्षमा पुर्वान्चल कविता प्रतियोगिताको साथमा विभिन्न विधाका स्रष्टाहरूलाई यही पौष १५ गते पाख्रिबासमा सम्मान कार्यक्रम गर्‍यो |उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टंक न्यौपाने हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्राज्ञ/कवि विवश पोख्रेलज्यु हुनुहुन्थ्यो |उक्त कार्यक्रमका सभापतित्व सोही संस्थाका संस्थापक अध्यक्ष रोशन परियारले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सोही संस्थाका मुकुन्द प्रयासले गर्नु भएको थियो |कार्यक्रमको प्रथम चरणमा अतिथिहरु र सम्मानित व्यक्तिहरूको आशन ग्रहणको साथमा प्रमुख अतिथिज्युबाट पानसमा दियो बालिएको थियो भने राष्ट्रिय गानबाट उक्त कार्यक्रमको शुभारम्भ भएको थियो | कार्यक्रमका अन्य अतिथिहरूमा धनकुटाकै बुद्धिजीवी लगायत झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई कोपनि उपस्थिति रहेको थियो |

कार्यक्रमको प्रथम चरणमा स्वागत मन्तव्यपछी स्रष्टा सम्मान कार्यक्रम भएको थियो | सम्मानित हुनेहरुमा धनकुटा हात्तिखर्क निवासी मुर्तीकार दल बहादुर तामांग,विगत ४० दशकदेखि साहित्य सेवामा समर्पित आचार्य प्रभा,गजल क्षेत्रका हस्ती गजलकार प्रकट पगेनी शिव,गायनमा कृष्ण भक्त राई,कविता विधामा युवा कवि हेमन यात्री हुनुहुन्थ्यो | कार्यक्रमको दोस्रो चरणमा प्रतियोगी कविहरुका कविताहरू वाचन गरिएका थिए | उक्त प्रतियोगितामा १५० कविताहरू प्राप्त भएका थिए भने पाँच कविहरु छनौटमा परेका थिए | उक्त प्रतियोगितामा प्रथम हुने कवि रोहित पराई (मोरंग ) दोस्रो हुनेमा जुनु राई (भोजपुर ) तेस्रो हुनेमा नरेन्द्र कश्चित (धनकुटा ) थिए | सोही क्रममा पूर्वदेखी पश्चिमसम्मका कविहरुले आ-आफ्ना रचनाहरू सुनाएर कार्यक्रमलाई अझ कवितामय बनाएका थिए |उक्त कार्यक्रममा सबै सम्मानितहरुले मन्तव्य दिएका थिए भने गजलकार प्रकट पगेनी शिवज्युले शृंगारिक गजल वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो |कार्यक्रमको मध्ये चरणमा धनकुटाकी मीठो आवाजकी धनी गायिका सुबिका राईले मिठा गीतहरू प्रस्तुत गरेकी थिइन् | 

सोही कार्यक्रममा मदन पुरस्कार प्राप्त कथा “ऐना”का लेखक रामलालजोशीलाईपनि सम्मान गरिएको थियो भने साथमा कान्तिपुर एफ एमका प्रस्तोता भुपेन्द्र खड्काज्युकोपनि उपस्थिति थियो |कार्यक्रम साहित्यमय भएर जमेको थियो भने कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि /विशेष अतिथि र अन्त्यमा उक्त कार्यक्रमका अध्यक्ष रोशन परियारलेपनि मन्तव्य दिएर कार्यक्रमको अन्त्य भएको जानकारी दिनु भएको थियो | पहाडको सुन्दर र स्वच्छ वातारणमा आयोजना गरिएको उक्त कार्यक्रम साँच्चै बर्णनयोग्य थियो र बाहिरबाट आउनुहुने अथितिहरुलाईपनि खान/बस्नको राम्रो प्रबन्द मिलाईएको थियो | कार्यक्रमको अन्त्यमा सहभागी कविहरुलाई हाम्रो चिनो स्वरूप टोकन प्रदान गरिएको थियो |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू