अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

७ वर्षपछि ‘बरदान’ लिएर आए गायक त्रिलोक राना (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १९ गते ५:४६ मा प्रकाशित

चर्चित गायक त्रिलोक रानाले ७ वर्ष पछि नयाँ एल्बम सार्वजनिक गरेका छन् । त्रिलोकले ८ वटा गित समाविष्ट ‘बरदान’ नामक एल्वम भर्खरै सार्वजनिक गरेका हुन् ।

त्रिलोकको एल्वम बरदानमा ‘तिमीलाई छुने हावा’, ‘पहिलो भेटमा’, ‘जलाउँझैँ लाग्छ संसार’ , ‘कोही छकी यहाँ’, ‘तिमीले सियोमा धागो हालेको’, ‘मुटुको धुप जलिरहन्छ’, ‘भुली दिनु भन्थ्यौ’ र ‘काँडा छोए फुल बन्छ’ गरि ८ वटा गीतहरु समावेश छन् । जस मध्य काँडा छोए फूल बन्छ गीतमाथी म्युजिक भिडियो बनेको छ ।

सुनिल मास्केको संगीत र किशोर थापाको शब्द रहेको यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् भने भिडियोमा नायिका बेनिशा हमाल र अनिल थापाको अभिनय देख्न सकिन्छ ।

 

(भिडियो)

प्रतिक्रिया