अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

 एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती 

बिआरटीनेपाल २०७३ पुष १८ गते ९:३५ मा प्रकाशित
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l गत दिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छापा बिज्ञप्तिमा जनाइएको छ l
 
वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागु हुने गरि एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ l  
 
र   एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनए को बार्षिक सम्मेलन जुलाई ४ तारिख सम्म काम गर्ने जनाएको छ l 
 
एएनए संचालक समिति ले वर्तमान सभापति शम्भु  ढुंगाना तथा समितिलाई कुसल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ l  एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाब द्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ l 
 
हरेक दुई बर्ष को जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालत द्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l 
 
यसै गरि निवर्तमान अध्यक्ष रोजर अधिकारी लाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ l उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेस गर्ने छन l
 
र उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो भने गत बर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको छापा बिज्ञप्तिमा जनाईएको छ l 
 
एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी ,वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,संचार निर्देशकमा तुलसी जोशी ,समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा लाई नियुक्त गरिएको छ l 
 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू