अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

अर्बपति विनोद चौधरीले पशुपति बुद्ध मन्दिर मेरिल्याण्डलाई ठुलो बुद्धको मूर्ती दिने

बिआरटीनेपाल २०७३ पुष १७ गते २३:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति विनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्वजनिक सूचना दिँदै उक्त जानकारी दिएका छन् l नयाँ वर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मूर्ती नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताइएको छ l उक्त बुद्धको मूर्ती ३ महिना भित्र बनी सक्ने छ भने बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ l उक्त भेलाको लागि नेपाल बाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु ) मगाउने समेत आज बसेको एनईसीसीको बैठकले निर्णय गरेको सभापति नेउपानेले बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करिब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मूर्ती उद्यान बिचमा राखिने योजना समेत रहेको छ l यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा वाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l एनईसीसीका सभापति न्यौपानेले एक पटक महतलाई सबै समुदाय तथा आफ्नो तर्फ बाट विशेष कृतज्ञता ज्ञापन गरेका छन् l र यो ऐतिहासिक कार्य भएकोले सबैले महा वाणिज्य दुतलाई धन्यवाद दिनु पर्ने कुरा उल्लेख गरेका छन् l

उद्योगपति चौधरीले मूर्ती बनाउन भारतमा समेत आदेश गरी सकेको न्यौपानेले जानकारी दिएका छन् l एनईसिसि द्वारा प्रकाशित सार्वजनिक सूचना अनुसार सन् २०१६ मा एनईसीसी ले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्याती प्राप्त कलाकार महजोडीले साथ दिदा करिब ४४ हजार डलर सङ्कलन भएको समेतलाई उपलब्धि मान्नु पर्छ सभापति न्यौपानेले भने l

उनले कसरी यो समुदायको सम्पतिलाई प्रबर्धन तथा सम्बर्धन गर्न सकिन्छ भन्ने कुरामा आफू चिन्तित रहेको बताए l दोस्रो पुस्ताले हाम्रो कला ,परम्परा तथा संस्कृतिलाई जान्न सकुन र यस प्रति उनीहरूको लगाव होस् आफ्नो चाहना रहेको समेत बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको छ l गत वर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उप प्रधानमन्त्री कमल थापा तथा सांसद शसांक कोइराला समेतको सहभागिता रहेको थियो भने सन् २०१६ मा मात्र ६ पटक लाख बत्ती बाल्ने कार्यक्रम रहेको थियो l

लुम्बिनी बगैचा बनाउने जिम्मेवारी परम्परागत बौद्ध धर्म सङ्घ तथा समाज सेवी राम मालाकारको अगुवाईमा हुने भएको छ भने त्यसको संरक्षण तथा सम्बर्धन पनि बौद्ध धर्म सङ्घले गर्ने भएको छ l

आर्थिक रूपमा नेउपानेको नेतृत्वले पशुपति बुद्ध मन्दिरलाई अत्यन्तै सबल तुल्याएको जानकारी गराउदै करिब १ लाख जति मर्मत संभार तथा अन्य कार्य गरेता पनि अझ एनईसीसी को खातामा ६१ हजार डलर मौज्दात रहेको बताए l

प्रतिक्रिया