अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

नेपाल टेलीकमको फोर-जी सेवा आजबाट, कुन-कुन मोवाईलमा चल्छ 4G ?

बिआरटीनेपाल २०७३ पुष १७ गते ५:५१ मा प्रकाशित

नेपाल टेलिकमले बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा आजबाट बिस्तार गरेको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा बिस्तार गरेको हो ।

नेपाल टेलिकमले ल्याएको फोर जी इन्टरनेट सेवा हाललाई भने जिएसएम पोष्टपेड प्रयोगकर्ताकाले मात्र प्र्रयोग गर्न पाउने छन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यलेका अनुसार आगामी माघ २२ मा हुने वार्षिक उत्सवमा फोर-जीको ब्यवसायिक लञ्चिङ गर्दै देशभर प्रीपेड र नेपाल टेलिकमका अन्य सिमहरुमा पनि फोर-जी चलाउन सकिनेछ ।

यसका लागि फोर- जी कम्प्याटिबल फोन जरुरी हुन्छ । फोर जी सेवा सुचारु गर्नका लागि जिएसएम पोष्टपेड प्रयोगकर्ताले *४४४# डायल गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू