अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

खप्तडमा भारी हिमपात

बिआरटीनेपाल २०७३ पुष १६ गते ६:०४ मा प्रकाशित

सुदूरपश्चिमको पर्यटकीय मुटु खप्तडमा भारी हिमपात भएको छ । केहि दिन अघि परेको पानी पश्चात खप्तडमा करिब १ फिट सम्म हिउँ जमेको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन रामहरी खतिवडाले जानकारी दिए ।

खप्तडमा अझैं मौसम सफा नरहेको खप्तड ब्यारेकमा कार्यरत नेपाली सेनाका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार अझैं मौसम केहि दिन सम्म खुल्ने सम्भावना छैन् ।

खप्तडमा बाक्लो हिमपात हुँदा करिब ८ बर्ष पहिले ६ जना नेपाली सेनाका जवानहरुको हिउले पुरीएर मृत्यु भएको थियो । उनिहरु डोटीबाट खप्तडमा रहेको ब्यारेकमा जाने क्रममा बिच बाटोमा हिमपात भएपछि सेल्टर नपाउँदा हिउमा पुरिएर मरेका थिए ।

जाडो याममा खप्तड जाँदा पानी पर्ने सम्भावना देखियो भने कि त सेल्टर लिने नभएर जति सक्दो तल झर्नुपर्ने स्थानिय अनुभविहरु बताउँछन् । उनिहरुका अनुसार खप्तडमा हिउँदोमा परेको हिउ चैत महिनाको अन्तिम सम्म रहने गर्दछ ।

तविरः मेघराज रानाभाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू