अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

मधुमल्लामा लेखनाथ जयन्ती

बिआरटीनेपाल २०७३ पुष १६ गते २:१५ मा प्रकाशित

मोरङको मधुमल्ला स्थित लेखनाथ पुस्तकालय तथा वाचनालयले रचना वाचन तथा सम्मानको कार्यक्रम गरी कविशिरोमणि लेखनाथ पौड्यालको १३२ औं जन्मजयन्ती मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि श्रष्ठा एवम् पत्रकार भूपेन्द्र तिम्सिनाले गाउँ वस्तीमा समेत भएका सृजनाका गतिविधिले समाजमा असल मान्छे उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

पूर्वाञ्चल गजल मञ्च तथा अनाममण्डलीका सदस्य तिम्सिनाले ०२६ सालमा स्थापना भएको लेखनाथ पुस्तकालयका गतिविधिलाई सञ्चारमाध्यममा ल्याउँदै पठन सँस्कृतिको विकासमा आफुले समेत सहयोग पुर्याउने उल्लेख गर्दै वाचित रचनामाथि समीक्षा समेत गर्नुभयो ।

सो अवसरमा, प्रमुख अतिथि तिम्सिनाका साथै पुस्तकालय अध्यक्ष भेषराज काफलेले स्थानीय पुराना साहित्यकार सिताराम बराललाई कदरपत्र तथा रचना वाचकमध्येबाट ज्येष्ठ साहित्यकार खगेन्द्रप्रसाद अधिकारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

यसैगरी, साहित्यकार उमा सुवेदीको उपन्यास ‘इति’ माथि झापाको दमकमा परिचर्चा भएको छ ।

नेपाल लिटरेरी ग्रुपको नियमित मासिक कार्यक्रम अन्तर्गत सुवेदीको कृतिमाथि स्रष्टाहरु मिश्र बैजयन्ती, शिव रेग्मी प्रणत र प्रकाश थाम्सुहाङले समीक्षात्मक टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू