अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

बिबिध कार्यक्रमका साथ ३ दिन सम्म चल्ने’सोनाम ल्होछार’को लागि कलाकारहरु अमेरिका आउँदै

बिआरटीनेपाल २०७३ पुष १५ गते १०:२९ मा प्रकाशित

तामाङ जातिको महान पर्व सोनाम ल्होछारको लागि नेपाली कलाकार अमेरिका आउने भएका छन् । तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)को आयोजनामा अमेरिकाको न्युयोर्कमा हुन लागेको सोनाम ल्होछार बिषेश कार्यक्रममका लागि नेपाली कलाकार अमेरिका आउने भएका हुन् ।

३ दिन सम्म मनाउने तयारी रहेको सोनाम ल्होछार जनवरी २७ देखि २९ सम्म पृथक तरिकाले बनाउने तयारीमा रहको तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)ले बिहीबार ज्याकसन हाइटमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा थप जानकारी दिएको छ ।
यसपटकको ल्होछारमा अमेरिकामा रहेका सम्पूर्ण तामाङहरुलाई एकैठाउँमा भेला गराउने प्रयासमा रहेको (टिएसए)ले पहिलो दिन उत्तर अमेरिकाका तामाङहरुलाई एकीकृत संयन्त्र मार्फत संगठित गर्ने उदेश्यका साथ यस क्षेत्रका संस्था र प्रबुद्ध व्यक्ति रहने गरी उत्तर अमेरिका तामाङ सम्मेलनको लागि विशेष तयारी बैठक आयोजना गर्नेछ । जसका लागि क्यानडालगायत अमेरिकाका २० भन्दा बढी राज्यबाट प्रतिनिधि सहभागी हुने टिएसएका अध्यक्ष शान्ता थोकरले बताए ।

अध्यक्ष थोकरका अनुसार यस सम्मेलन तयारी बैठकले उत्तर अमेरिकामा छरिएर रहेका सम्पुर्ण तामाङहरुलाई एकताबद्ध गरि एकीकृत संयन्त्र र संरचनाको विकास गर्दै आगामी वर्ष सन् २०१७ मा सम्पन्न हुने गरी उत्तर अमेरिका तामाङ सम्मेलनको मिति र स्थान घोषणा गरिने यो बैठक ज्याकसन हाइटको बेलिजेनो ब्याङ्क्वेट हलमा हुनेछ ।
दोस्रो दिन अर्थात जनवरी २८ का दिन ल्होछार कार्यक्रम सम्पन्न हुनेछ । लङ इजल्यान्ड सिटी, फाइभ स्टार बाङ्क्वेट हलमा हुने कार्यक्रममा स्थानीय एवं नेपालका प्रख्यात कलाकारले प्रस्तुति दिनेछन् ।

सो दिन विविध सांस्कृति कार्यक्रम सहित महान पर्व ल्होछार मनाउन लागेको टिएसएको ऐतिहासिक परियोजना तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको संयोजनमा पहिलो पटक हुदैछ । ल्होछारबाट संकलित रकम केन्द्रको भवन बनाउन प्रयोग गरिनेछ ।

बिहान ११ बजेदेखि ५ बजेसम्म पूजा कार्यक्रम र साँझ ७ बजेदेखि २ बजेसम्म ल्होछार साँझको कार्यक्रम सहयोग संकलनका लागि नयाँ अवधारणा परिकल्पना सहितको प्रस्तुति हुनेछ ।

उक्त दिन तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको ट्रस्टीहरुलाई सम्मान गरिने र नयाँ ट्रस्टीहरुलाई स्वागत सम्मान कार्यक्रम रहेको छ । अध्यक्ष थोकरकाअनुसार यसै दिन तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको भवन २०१७ भित्र नै सम्पन्न गरिसक्ने ऐतिहासिक प्रतिबद्धता सहितको कार्यक्रम वर्तमान नेतृत्वले प्रस्तुत गर्नेछ ।

केन्द्र निर्माणका लागि ८५ हजार डलर संकलन भइसकेको र यसपटकको ल्होछारमा यो रकमसहति पनि १ लाख ५० हजार जम्मा गर्ने योजना भएको उनले सुनाए । तामाङ केन्द्रका लागि यसअघि नै केन्द्रका संयोजक इन्द्र तामाङले आफ्नो तर्फबाट एकलाख डलर प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

तेस्रो दिन अर्थात जनवरी २९ मा ल्होछारको समीक्षा सहित अतिथिलाई तामाङ संस्कृति अनुसार विदाई कार्यक्रम र शुभकामना आदन प्रदान संगै सोनाम ल्होछार समापन हुनेछ ।

पहिलो पटक तामाङ सम्मेलन आयोजना गर्न लागेको तामाङ सोसाइटी अफ अमेरिका(टिएसए) सन् २००२ मा विधिवत रुपमा दर्ता भएको संस्था हो ।

प्रतिक्रिया