अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

एमाले लगायतका विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक सर्यो

बिआरटीनेपाल २०७३ पुष १४ गते २:०८ मा प्रकाशित

एमाले लगायतका विपक्षी दलहरुको अवरोधका कारण आजको बैठक चल्न नसकेपछि व्यवस्थापिका संसद् बैठक स्थगित भएको छ । विपक्षीको अवरोध पछि सभामुख घर्तीले पुस १८ गते अर्थात् सोमबार सम्मका लागि संसद् बैठक स्थगित गरेकी हुन् ।

सभामुख ओनसरी घर्ती मगरले संसद बैठक सुरु भएको घोषणा गर्नासाथ आ-आफ्नो ठाउँबाट उठेर विरोध गरेका सांसद्लाई आसन ग्रहण गर्न सभामुख ओनसरी घर्तीमगरले पटक-पटक अनुरोध गरेपनि विपक्षी दलका सांसदहरुले अवरोधलाई निरन्तरता दिएपछि संसद बैठक नै स्थगीत गर्नु परेको हो ।

सरकारले व्यवस्थापिका संसद्सं‍मा संविधा विधान संशोधन प्रस्तावको विधेयक दर्ता गरेपछि एक महिनादेखि संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ। सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलहरुले मंसिर १५ देखि संसद बैठक अबरुद्ध गर्दै आएका छन्।

सरकारले गत मंसिर १४ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद् प्रवेश हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू