अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

जिरिखिम्तीको सडक विस्तार अभियान

बिआरटीनेपाल २०७३ पुष १३ गते ३:४७ मा प्रकाशित

मोरङको पथरीशनिश्चरे ८ स्थित जिरिखिम्ती टोलभित्र रहेका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । नगरपालिका क्षेत्र भएपनि साँघुरा कच्ची सडक भएकाले २० फुट बढी चौडाईको सडक विस्तार गर्दै नाला समेत निर्माण थालिएको हो ।

यसबेला प्रति घर १ हजार रुपैयाँ जम्मा गरेर पूर्वपश्चिम मुख्य सडकबाट दक्षिणतर्फका २ वटा सडक स्काभेटर लगाएर फराकिलो बनाउने काम भइरहेको छ ।

सडक क्षेत्रमा पर्ने केही घरका केही भाग भत्काएर सडक फराकिलो बनाउने कुरामा स्थानीय सहमत भएको सडक निर्माण समिति संयोजक कुलबहादुर श्रेष्ठले बताउनु भएको छ ।

हाल निर्माण भइरहेको पेटेलपम्पको दक्षिणबाट समेत नयाँ सडक निर्माण गर्न पनि जग्गाधनीहरु सहमत भएका छन् । सो सडक हुँदै दक्षिणमा बयरबनको विहीवारे जोड्नका लागि मोरङ्गी खोलामा पुल निर्माणको पहल समेत थाल्न स्थानीय जुटेका छन् ।

पूर्वपश्चिम मुख्य सडकमै जोडिएको नगर क्षेत्र भएपनि जिरिखिम्ती विकासको दृष्टिले पछाडि परेकाले त्यहाँको समग्र विकासका लागि डाँसमोरङ्गी सामुदायिक वन, कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको अगुवाईमा पहल अघि बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू