अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

राज सागरको प्रस्तुतीमा गजलमय बन्दै सुदुरपश्चिम

बिआरटीनेपाल २०७३ पुष १२ गते ७:२२ मा प्रकाशित

गायक तथा संगीतकार राज सागर आफ्नो एकल गजल गायनका लागि सुदुरपश्चिमाञ्चल जाने भएका छन् । आगामी पुस १५ गते धनगडीमा आयोजित आफ्नो एकल गजल साँझको लागि उनि सुदुरपश्चिम जाने भएका हुन् ।

भर्खरै मात्र सिन्धुलीमा आयोजिक कार्यक्रममा सहभागी भएर फर्केका उनि यतिबेला पुस १५ मा धनगडीमा हुने आफ्नो एकल गजल साँझको तयारीमा ब्यस्त छन् । आफ्नो प्रस्तुतिका लागि सुदुरपश्चिम जान लागेका राज सागरले धनगडीमा हुदै गरेको आफ्नो एकल गजल साँझ सफल बनाउन सुदुरपश्चिमका स्रोता दर्शकको मायाको खाँचो रहेको भन्दै आफुलाई माया गर्ने सम्पुर्ण सुदुरपश्चिमबासी प्रति आफु आभारी रहेको बताएका छन् ।

बिं सं २०४२ साल मंसिर १९ गते भोजपुरको कुलुङमा जन्मेका राज सागर नेपाली गजल गायनको क्षेत्रमा अलग पहिचान बोकेर अघि बढिरहेका गायक तथा संगीतकार हुन् । आधुनिक, चलचित्र, लगायत प्राय सबैखाले गीतहरुमा आफ्नो संगीत र आवाज दिएका राज सागरलाई बिषेशत फरक धारका गजल गायकको रुपमा चिनिन्छ ।

बरिष्ठ संगीतकार दिपक जगम र बेनी रावल जंगमसंग लामो समय संगीत सिकेर औपचारीक संगीत यात्रामा लागेका राज सागर नेपाली तारा २ मा चौथों स्थान हासिल गरेका प्रतिस्पर्धी हुन् । संगीत र गायनमा मात्र नभई उनि राम्रो गीतकार पनि हुन् सत्यकला राईको चर्चीत गीत ढडीया थापी देउ साँईला बल्छी थापीदेउ, जसलाई देवता लगाएतका गीतहरु लेखेका उनि पछिल्लो समय युवा गजल गायक र संगीतकारकै रुपमा चर्चित छन् ।

‘अझैं बाँकीु’, ‘सुरवीु’, ‘ताराना’, ‘रिया’, ‘चिसो सहर’ लगायतका एल्वममा आफ्नो एकल संगीत र आवाज दिएका राज सागरले १६ औं एनियोल टुर्बोग ईमेज अवार्ड २०७१ मा पब्लीक च्वाईस अवार्ड जीतेपछि उनको चर्चा थप उचाईमा पुगेको थियो ।

शान्त र आत्मीय स्वभावमा राज सागरले संगीत गरेका र गाएका गीतहरु प्राय नेपाली साहित्यमा पहिचान बनाईसकेका स्रस्टाहरुका रचना हुने गर्दछन् । चर्चाकै लागि मात्र संगीत गर्नु र गाउनु भन्दा पनि शब्दको मुर्छनामा डुबेर संगीत गर्नुमा छुट्टै आनन्द महशुष हुने हुँदा आफुले साहित्यमा रुचि र ज्ञान भएका स्रस्टाहरुको शब्द लिने गरेको उनि बताउँछन् । त्यसैले पनि उनि साहित्यकारहरु माझ अझ बढि लोकप्रीय छन् ।

राजधानिलाई आफ्नो कर्मथलो बनाएपनि लामो सामय देखी बिभिन्न जिल्लाहरुमा आयोजना हुने गजल मेहफिल, महोत्सव लगायतका कार्यक्रममा राज सागर ब्यस्त रहंदै आएका छन् ।

 

प्रतिक्रिया