अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

NRN अमेरिकाले ‘एकता दिवस तथा नव वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम-२०१७’ आयोजना गर्दै

बिआरटीनेपाल २०७३ पुष १२ गते १:२२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद,अमेरिकाले आगामी जनवरी ८ का दिन मा (ईश्वी सम्वत) नव वर्ष २०१७को अवसर पारेर कार्यक्रम गर्ने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद,अमेरिकाले “एकता दिवस तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम- २०१७” नामक कार्यक्रमको आयोजना  गर्ने भएको हो ।

कार्यक्रमको उद्देश्य नेपाली संघ(संस्था तथा सहभागी सबै नेपालीहरुबीच नयाँ वर्ष २०१७ (ईश्वी सम्वत्) को शुभकामना आदान प्रदान गर्नुका साथै नेपाली-नेपाली बीचको एकता र भाइचारालाई एक सुत्रमा बाँध्ने रहेको आयोजकले बताएका छन् ।

एकताको नारा लिएर अमेरिकाको डालस टेक्सासमा सम्पन्न हुन गै रहेको गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, अमेरिकाको पाँचौं वार्षिक साधारण सभाको ठीक एक हप्ता अगाडि गरिने यो कार्यक्रममा वार्षिक साधारण सभाको प्रचार प्रसार, तैयारी र सदस्यता वितरण तथा विधान संसोधन सम्बन्धि छलफल गरी स्थानीय तहमा अन्तिम सुझाव संकलन गर्न सकिने पनि आयोजकले जानकारी दिएका छन् ।

यसअघि गत डिसेम्वर २४ मा गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको निर्णयले सामाजिक संजालमा देखिएका सकारात्मक एवम् नकारात्मक प्रचार-प्रसार तथा त्यससँग सम्बन्धित जिज्ञासा र चासोलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ, अमेरिकाको आधिकारिक धारणा सबैमा ल्याउनको लागि पनि प्रस्ताव पेस गरेको थियो, जो सर्वसम्मतले स्वकृत  भै सकेको छ ।

प्रतिक्रिया