अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

गायक नरेन्द्र प्यासि सन फ्रान्सिस्कोमा अभिनन्दित

बिआरटीनेपाल २०७३ पुष ११ गते ९:२१ मा प्रकाशित

नेपाली संगीत जगतका ख्यातीप्राप्त गायक तथा संगीतकार नरेन्द्र प्यासि अमेरिकामा अभिनन्दित भएका छन् । पिन्स अफ मेलोडीका नामले चिनेने गायक तथा संगीतकार प्यासीलाई अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा नागरिक अभिनन्दन गरिएको हो।
प्यासीलाई बिगत ४ दसक देखी अबिछिन्न रुपमा नेपाली संगीत र गायन सेवामा अद्वितिय योगदान पुर्याए बापत सान फ्रान्सिस्को बे एरियाका नेपाली समुदायले नागरिक अभिनन्दन गरेका हुन् । छिन्नलता पुरस्कार, एन ए जि सि प्रिन्स अफ मेलोडी अवार्ड, उत्कृष्ट संगीतकार अवार्डह लयाएतका दर्जनौं पुरस्कारबाट सम्मानित भै सकेका प्यासी उत्कृष्ट गायकका रुपमा पनि धेरै पटक अर्वाड प्राप्त गर्ने गायक हुन् ।

नेपाली समुदायमा मात्र नभई भारतीय र पाकिस्तानी समूदाय माझ पनि उत्तिकै लोक प्रिय तथा सम्मनपूर्वक हेरिएका गायक प्यासी केही बर्ष अगाडि अमेरिकाको बोस्टनमा भएको खुला हिन्दी गायन प्रतीयोगिता सारेगमपमा भारतीय प्रतियोगिहरुलाई समेत पछी पारी सर्वोकृष्ट घोषित भएका थिए ।

गत शुक्रबार डिसेम्बर २३, का दिन प्रडक्सन हाउसको निमन्त्रणामा नरेन्द्र प्यासी गजल नाइट्मा सहभागि आएका प्यासी भोलिपल्टअर्थात डिसेम्बर २४, मा मणी नेपाली पनेरु तथा परिवारको क्रिश्मस पार्टिमा सरीक भएका थिए ।

प्यासी पनेरु परिवारका एक सम्मानित पारिवारिक मित्र हुन् । प्यासिलाई सोही अवसरमा एक छुट्टै अर्ध अनौपचारिक समारोहमा अभिनन्दन गरिएको हो । सो अभिनन्दन समारोहको सँयोजन नेपाली अमेरिकि परिवारहरुको सन्जालद्वारा गरेको हो । सो सन्जालका सँयोजक सम्मानित समाजसेवी उत्तम कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो थियो भने, प्रमुख अतिथिको रुपमा नेपाली काङ्रेस गोरखाका युवा नेता तथा जिल्ला कार्य समितिका सचीव नन्दु प्रशाद न्यौपाने सरीक थिए ।

त्यसै गरी नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय बरीष्ठ ऊपाधक्ष धनन्जय नर सिंह के सि, नदर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानिया बिशिस्ट अतिथीको रुपमा सहभागी भएका थिए भने अन्य गेस्ट अफ अनरको रुपमा बरीष्ठ समाजसेवीहरु राजेन थापा, अनिल पाण्डे, गोबिन्द शाही लगायत रहेका थिए ।

सो अवसरमा कार्यक्रम सँयोजक हेमा पनेरुले अभिनन्दित व्यक्तित्व नरेन्द्र प्यासीलाई दोसल्ला ओडाउनुका साथै अभिनन्दन पत्र बन्दना दाहालले पढेर सुनाएकी थिईन् ।

प्रमुख अतिथी नन्दु प्रशाद न्यौपाने, सभापति, उत्तम कार्की, एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँ तथा एन ए जि सि अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले क्रिश्मस तथा नयाँ बर्ष २०१७ को शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम सँयोजक हेमा पनेरुले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

सङ्क्षिप्त अभिनन्दन कार्यक्रम पछी नरेन्द्र प्यासिले दिएको आफ्ना उत्कृष्ट गीतको प्रस्तूतीले भावुक बनाएको थियो ।

कार्यक्रममा सहभागीहरुले लोक दोहोरी, डि जे तथा सामुहिक नाचहरुमा रमाउँदै मध्य रात पस्चात क्रिशमसको शुभकामना आदान प्रदान गर्दै नयाँ बर्ष २०१७ को समेत शुभकामना साटेका थिए ।

प्रतिक्रिया