अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

चिसो हावा, हुरी र बाक्लो हिमपातले क्रिस्मस पर्व बिदा खल्लो

बिआरटीनेपाल २०७३ पुष ११ गते ८:५६ मा प्रकाशित

सिकागो (संयुक्त राज्य अमेरिका), पुस ११ गते । इसाई धर्मालम्बीहरुको महान् पर्व क्रिस्मस सर्वत्र रङिगन र मनै लोभ्याउने गरी मनाइ रहेकोमा यस वर्ष धेरैजसो उत्तर अमेरिकी समथर भूभाग तथा केही पश्चिमी राज्यहरूमा जाडोले कठाङिग्रनु पर्ने र सेताम्य भएको छ ।

आज बिहानीको सुरुवात सँगै दुबैः उत्तरी तथा दक्षिणी डकोटाका र दक्षिण–पश्चिमी माइनसोटा राज्यहरुका धेरैजसो भूभागमा कडा हावा, हुरी आई लगातार अति चिसो झरी पर्नाले हिलाम्मे भएको छ र दिउँसो सबै तिर बाक्लो हिमपात हुने अडकल गरिएको छ ।

बहुलाएको आँधीबेहरी, बरफ, र बाक्लो हिमपातका बिच घर बाहिर घुम्न निस्कनु लाभदायक नहुने, यो त ज्यान बचाउने समय हुनाले घर मै बसिरहनमा कल्याण छु भनी ग्य्रान्ड फोर्क्स, नर्थ डकोटाको राष्ट्रिय जलबायु निरुपण सेवाका मौसमविज्ञ ग्रेग गस्टले बिदाको दिन पारी भ्रमणमा निस्कने खोज्नेहरुलाई सचेत बनाए । सोमबार साँझसम्म यस्तै मौसमले निरन्तरता पाइ रहने पनि उनको भनाइ थियो ।

उत्तरी तथा दक्षिणी दुवै डकोटा राज्यका धेरैजसो भूखण्ड, पूर्वी मोन्टानाको केही भूभागमा प्रतिघण्टा पचपन्न माइलको बेगले आँधीबेहरी चल्ने र आठदेखि पन्ध्र इन्चसम्म हिमपात हुने बलियो सम्भावना रहेको बताइएको छ ।

अधिक हिउँदे वर्षा र ठाउँ ठाउँमा परेको बाक्लो हिमपातका कारण बाटो अतिशय चिप्लो भएको र अगाडीको दृश्य समेत देख्न मुस्किल परेको हुँदा साउथ डकोटा र नर्थ डकोटाका अन्तर–राज्यीय राजमार्गका विभिन्न खण्डहरुमा सवारी आवागमनमा रोक लगाइएको छ ।

सम्भाव्य बाक्लो हिउँदे झरी र कडा आँधीबेहरीले दक्षिणपूर्वी नेब्रास्का राज्यको बाटो भएर क्यान्सास, मिसाउरी, ओक्लाहोमा र टेक्सस राज्यसम्म पुगी सर्वत्र सताउने अनुमान गरिएको छ । रासस ÷एपी फोटो: गुगल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू