अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

अनेसास टेक्ससको कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७३ पुष १० गते १४:०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज टेक्ससको आयोजना आज एक कवि गोष्ठी अर्विंगको एस्टोरिया बिरियानी हाउसको हलमा शनिवार साँझ सम्पन्न भयो |

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष बासु शर्मा सभापति रहनु भएको सो कार्यक्रममा साहित्यकार दीपा राई पुन प्रमुख अतिथि हुनुहुन्थ्यो । नेपाली साहित्यका केही मुर्धन्य साहित्यकारहरूको योगदानको चर्चा तथा उहाहरूसँगको भेट-घाटको सस्मरणबाट उक्त कार्यक्रम सुरु गरियो । 

झन्डै तीन दर्जन कवि कबयत्री भेला भएको उक्त कवि गोस्टिमा कविहरु शैलेश आचार्य, प्रभात दीक्षित, विजयराज भटराई, कृष्ण खनाल, डा. नन्द रेग्मी, नेत्र आचार्य, कपिल अधिकारी, चम्पा पांडे, भागवति पौडेल, वैकुण्ठ आचार्य, शिलु घिमिरे, दिनेश शर्मा आदिले आफ्ना कविताहरू वाचन गर्नुभयो | करिब २ घण्टा ३० मिनेट चलेको उक्त कार्यक्रम ठिक समयमा सुरु भई समयमै सकिएको थियो ।

प्रमुख अतिथि दीपा राई पुनले भन्नु भयो, “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालास टेक्सासको साहित्यिक जमघटमा उत्साहमय उपस्थित देखेर साह्रै खुसी लाग्यो । व्यस्त समयमा पनि समय निकालेर अपर्झट प्रोग्राम राख्नु हुने बासु शर्माजी र बहिनी निर्मला राई सहित अनेसास परिवारलाई हृदयबाट धन्यवाद भन्छु । उपस्थित हुनु हुने सम्पूर्ण साहित्यिक अनुरागीहरूलाई पनि हृदयमा राखेको छु । टेक्सस आइपुगेको सार्थक अनुभव भएको छ । टेक्सासको सम्झना अविस्मरणीय लिएर भोलि बोस्टन फर्कदैछु । तर फेरि आउँनेछु।”

कार्यक्रमको अन्तमा कवि समालोचक शैलेश आचार्यले सम्पूर्ण कविताहरूको समालोचना गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू