अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

‘पामाकेयर नेपाल्स स्टार मोडल-२०१६’ को ताज अप्सरा र आशीषलाई

बिआरटीनेपाल २०७३ पुष १० गते ४:४९ मा प्रकाशित

सिद्दी मिडिया प्रालिको आयोजनामा भएको पामाकेयर नेपाल्स स्टार मोडल २०१६ पहिलो संस्करणको प्रतियोगिताको उपाधी अप्सरा थापा र आशीष कुमारमिश्रले जीतेकां छन।शनिबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामाअप्सराले ९ जना प्रतिस्पर्धीलाई र आशीषले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएका हुन l

यसका अलावा युवती तर्फकी बिजेताअप्सराले बेस्ट वाल्क तथा फोटोजेनिकको समेत उपाधि हात परेकी थिइन त्यसैगारी युवा तर्फका बिजेता आशीष कुमार मिश्रले बेस्ट वाल्क र मस्ट हैण्डसमको उपाधिहात पार्न सफल भएका थिए l त्यसै गरी युवती तर्फमा फस्ट रनरअपमा सबनम चौधरी र सेकेण्ड रनरअपमा अनुपमा घिमिरेले उपाधि हात पारेकी थिइन l

त्यस्तै युवतीतर्फ भएको बिभिन्न उपाधि अन्तर्गत मस्ट पपुलर र मस्ट ट्यालेन्टेड सबनम चैधरी,मस्ट बिउटीफुल जेसिका धिताल, बेस्ट फिगर र मल्टी मिडिया च्वाइस जीवितालामा, बेस्ट डिसिप्लिन सीतल थारू,बेस्ट स्माइल आशा देबि गिरी, बेस्ट ड्रेस योगिता खत्री, बेस्ट हेयर अनुपमा घिमिरे, बेस्ट स्किन सनम बीसी र बेस्ट एटीट्यूडमासारिका बोगटी घोषित भए l पामाकेयर नेपाल्स स्टार मोडल २०१६ युवा तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा र मस्ट पपुलरमा बिक्रान्तपौडेल, सेकेण्ड रनर अपमा  र बेस्ट ड्रेसमा पवन श्रेष्ठ, बेस्ट फिजिक सिद्दान्त ज्ञावाली, फोटोजेनिक, मस्ट ट्यालेन्टेड र मल्टी मीडिया च्वाइस मोदनाथ पौडेल, बेस्टडिसिप्लिन रबिन सापकोटा र बेस्ट स्माइलमा दिवस भट्टराई घोषित भए ।

प्रतियोगीको पहिरन नेपाल इंस्टिच्युट अफ फेशन (निफ)का विधार्थीहरुले तयार गरेका थिए । कार्यक्रमको विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चाबटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धिताल र देबी अकौलियाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएरउनीहरुलाई व्यबसायी मोडल बनाउन पामाकेयर नेपाल्स स्टार मोडल आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष अमित शाहले बताए ।

यो प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, मोडल आस्विनी झा, संचारकर्मी  कलाकार,समाजसेवी राजेन्द्र लुइँटेल, समाजसेवी कृष्णा देबकोटा र फेसन डिजाइनर अमित झा रहेका थिए । पामाकेयर नेपाल्स स्टार मोडल २०१६ को कार्यक्रम संचालनकोरियोग्राफर दिवस धिताल र कार्यक्रमकी संयोजिका सृस्टि आचार्यले गरेका थिए  l

प्रतिक्रिया