अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 08:18

कान्तिपुर पब्लिकेशनले बदमासी गर्योः पोषण केसी

बिआरटीनेपाल २०७३ पुष ९ गते ८:३१ मा प्रकाशित
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले कान्तिपुर पब्लिकेशनले न्युनतम पारिश्रमिक पूर्ण रुपमा लागु भएको भनी समितिलाई ढाटेर बदमासी गरेको बताएका छन् । न्यूनतम पारिश्रमिक समितिलाई कान्तिपुरको व्यवस्थापनले न्युनतम पारिश्रमिक सम्पूर्ण रुपले लागु भइसकेको भनेर जानकारी दिएपनि मजदुर र कर्मचारीहरुले आन्दोलन घोषणा गरेको देख्दा आफू छक्क परेको केसीले बताए ।
‘मलाई त थाहै थिएन, अहिले तपाईहरु आन्दोलनमा हुनुहुन्छ भन्ने बुझेपछि कान्तिपुरको व्यवस्थापनले बदमासी गरेछ,’ कान्तिपुर पब्लिकेशन्स संयुक्त संघर्ष समितिले शनिवार आयोजना गरेको अन्तरक्रियामा केसीले भने
केसीले मजदुरको हकमा १४ हजार ४ सय दिने राजपत्रमा प्रकाशित भइसकेपछि पनि मिडियाका मालिकहरुले सरकारलाई नै प्रभाव पारी मन्त्रीपरिषदबाट निर्णय गराउन ठूलो कसरत भइरहेको खुलासा गरे । न्युनतम पारिश्रमिक निर्धारण समितिलाई मालिकहरुको चलखेल मान्य नहुने उनको धारणा थियो । मजदुरहरुले उठाएका मागप्रति आप्mनो संस्था र आफ्नो ऐक्यवद्धता रहेको केसीले बताए । सबै पार्टी र निकायको साथ लिएर अघि बढ्न मजदुरलाई आग्रह पनि केसीले गरेका थिए ।
अन्तरक्रियामा टे«ड यूनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौलाले मजदुरहरुले उठाएका मागप्रति आप्mनो संगठनको पूर्ण समर्थन रहेको बताए । ‘साझा मुद्धा बनाएर मजदुर कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन्, हाम्रो सदैव साथ र समर्थन छ,’ निरौलाले भने । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवं जवस उपत्यका व्यूरो इन्चार्ज उत्तमले आफ्नो पार्टी सँधै मजदुरहरुको पक्षमा रहेको स्पष्ट गर्दै आन्दोलनमा निष्कर्षमा पु¥याउनु पर्ने धारणा राखे । माग पुरा नभएसम्म दृढतापूर्वक लागिरहन आग्रह गर्दै उत्तमले पार्टीले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
क्रान्तिकारी पत्रकार संगठनका उपत्यका बिशेष व्यूरो समन्वय समिति संयोजक जन्मदेव जैसीले मजदुरहरुलाई अलग अलग गरेर श्रम शोषण गर्न पल्केका मालिकहरुविरुद्ध कान्तिपुरका मजदुरहरु एकतावद्ध भै अघि बढ्नु ऐतिहासिक काम भएको बताउँदै मजदुरहरुलाई १४ हजार ४ सय न्युनतम पारिश्रमिक नदिएसम्म संगठनले निरन्तर आन्दोलनमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका उपाध्यक्ष अर्जुन गौतमले मजदुरहरुले विश्वमै हारेको इतिहास नभएले निर्धक्क भएर आन्दोलनमा लाग्न अपिल गरे ।
गत वर्षको चैत्रमा भएको ९ बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै कान्तिपुर पब्लिकेशनमा कार्यरत मजदुर कर्मचारीहरुले पुस ८ गतेदेखि मुल गेटमा धर्ना दिएर आन्दोलनमा उत्रिएका छन् । संघर्षका कार्यक्रम अन्तर्गत सञ्चार मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, हस्ताक्षर संकलन लगायतका पहिलो चरणका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू