अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

आफुलाई कालोमोसो दल्ने युवालाई रिहा गर्न प्रहरीलाई लोकमानको आग्रह

बिआरटीनेपाल २०७३ पुष ८ गते २:५१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने २ युवालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । कार्कीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका युवाहरुलाई रिह गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

कार्कीले जारी गरेको बिज्ञप्तीमा बिहिबार सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार गर्ने २ युवकलाई प्रहरीले हिरासतमा लिएको तर ती युवाहरु जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेकाले ति युवाहरुलाई सजाय दिनु आफुलाई ठिक नलागेको बताईएको छ ।

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै कार्कीले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै कालोमोसो दल्नुका साथै दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू