अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

अमेरिकामा पृथ्वी जयन्ती मनाउने निर्णयको घोर बिरोध-एनआरएन अमेरिकाले माफी माग्नु पर्ने माग(संयुक्त बिज्ञप्ती सहित)

बिआरटीनेपाल २०७३ पुष ७ गते ५:०४ मा प्रकाशित

अमेरिकामा पृथ्वी जयन्ती दिवशको रुपमा मनाउन लागिएकोेमा बिरोध गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद, (एनसिसि) अमेरिकाले आगामी २०१७ सालदेखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा हालसालै बसेको बैठकबाट निर्णय गरेको खबर संगै असन्तुष्ट पक्षले बिरोध जनाएको हो ।

बुधबार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), नेपाली संघीय समाज अमेरिका, संघीय लिम्बुवान मंच अमेरिका, मधेशी अराउण्ड दि वल्र्ड र सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपालले संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गणतान्त्रिक राज्यमा परिणत भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले समेत नेपालमा राजतन्त्र उन्मूलनपछि पृथ्वी जयन्तीलाई कुनै किसिमको दिवसको रुपमा नमनाउने राज्यको घोषणा पश्चात् पनि एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्पद निर्णय गरेर एनआरएनएको मूल्य र मान्यतामाथि कुठराघात गर्दै गणतन्त्र नेपाल राज्यको विरुद्ध नै अभियान संचालन गर्न दुस्साहस गर्न खोजेको भन्दै बिरोध जनाएका छन् । साथै उनिहरुले एनआरएन, युएसएले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रम तुरन्तै फिर्ता लिई आम नेपाली डायस्पोरा समक्ष माफी माग्नु पर्ने बताएका छन् ।

यस्तो छ जारी गरिएको संयुक्त बिज्ञप्ती

प्रेस विज्ञाप्ती

आदरणीय पत्रकार मित्रहरु,
अभिवादन ।

गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद, (एनसिसि) अमेरिकाले आगामी २०१७ सालदेखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा हालसालै बसेको बैठकबाट निर्णय गरेको खबरले नेपाली डायस्पोराका हामी समस्त नेपालीहरुलाई चिन्तित बनाएको छ । एनआरएन जस्तो गैंर राजनीतिक संस्थाले यस्तो राजनीतिक मुद्दालाई एकतर्फी रुपमा प्रस्तुत गरेकोमा एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर निन्दा गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न अव्हान गर्दछौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गणतान्त्रिक राज्यमा परिणत भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले समेत नेपालमा राजतन्त्र उन्मूलनपछि पृथ्वी जयन्तीलाई कुनै किसिमको दिवसको रुपमा नमनाउने राज्यको घोषणा पश्चात् पनि एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्पद निर्णय गरेर एनआरएनएको मूल्य र मान्यतामाथि कुठराघात गर्दै गणतन्त्र नेपाल राज्यको विरुद्ध नै अभियान संचालन गर्न दुस्साहस गर्न खोजेको निस्कर्ष हाम्रो रहेको छ । एनआरएनएको विधानको प्रस्तावनामा नै यस संस्थालाई “स्वतन्त्र, गैंर नाफामुलक, गैैर राजनीतिक, गैैैर सरकारी स्थायी संस्था” हो भनेर स्पष्ट उल्लेख गरिएको हुँदा हँुदै पनि एनआरएन, युएसएको वर्तमान नेतृत्व निजी स्वार्थबाट अभिप्रेरित भई सिङ्गो अमेरिकी डायस्पोराको दृष्टिमा एनआरएनएको प्रतिष्ठालाई धज्जी उडाउने कुचेष्टा वर्तमान नेतृत्वले दुस्साहस गरेको छ ।

एनआरएनए सारा प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा विकसित हुदै गर्दा एनआरएन, युएसएकोे वर्तमान नेतृत्वले राजनीतिक विषय वस्तुलाई अङ्गीकार गरेर अमेरिकी नेपालीहरु माँझ यस संस्थाप्रतिको साझा विश्वासमा गम्भीर आँच पु¥याएको हुँदा एनआरएन, अमेरिकाको वर्तमान नेतृत्वलाई विधान बमोजिम कारवाही गर्न एनआरएनएको अन्र्तराष्ट्रिय अध्यक्षलाई अमेरिकी नेपाली डायस्पोराको तर्फबाट अनुरोध गर्दछौ । अमेरिकी नेपालीहरुको एकतालाई विभाजन तर्पm उन्मुख गराउन खोज्ने वर्तमान नेतृत्वको षड्यन्त्र र कुनियतप्रति घोर आपत्ति जनाउँदै एनआरएन, युएसएले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रम तुरन्तै फिर्ता लिई आम नेपाली डायस्पोरा समक्ष माफी माग्न सचेत गर्दछौ ।

“गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा हाम्रो प्रतिबद्दता ।”

१. लुईसाङ वाईवा तामाङ –अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ।
२. समीर महर्जन–अध्यक्ष, नेपाली संघीय समाज अमेरिका ।
३. विरेन्द्रहाङ लाबुंग लिम्बु–अध्यक्ष, संघीय लिम्बुवान मंच अमेरिका ।
४. सतेन्द्र साह–अध्यक्ष, मधेशी अराउण्ड दि वल्र्ड ।
५. मणि बाङ्देल–संयोजक, सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपाल ।

बोधार्थ
१. शेष घले–अध्यक्ष, गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद ।
२. डा.बद्री के.सी–महासचिव, गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद ।
३. सोनाम लामा–क्षेत्रीय संयोजक, एनआरएनए उत्तर अमेरिका ।

मितिः डिसेम्बर २१, २०१६

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू