अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

पूर्ब राजाको बक्तब्यपछि यसरी तात्यो सामाजिक सञ्जाल, पक्ष बिपक्षमा चर्काचर्की

बिआरटीनेपाल २०७३ पुष ६ गते २२:२९ मा प्रकाशित

समाचार बिश्लेषण

हिजोका दिनमा कुनै चाड पर्ब अथवा बिशेष अवसर पारेर बक्तब्य दिने पूर्ब राजा ज्ञानेन्द्र शाहले बुधवार अचानक बक्तब्य जारी गर्दा सामाजिक सञ्जाल तात्तिएको छ । त्यतिमात्र नभएर आजका छापा माध्यमहरुले पनि पूर्ब राजाको बक्तब्यलाई महत्वपूर्ण समाचारको रुपमा प्रकाशन गरेका छन् ।

राजाको कुनैपनि बक्तब्य पश्चात सामाजिक संजाल होस या सार्बजनिक कार्यक्रममा गरिने भाषणमा होस् प्रतिकारमा उत्रीहाल्ने पूर्ब प्रधानमन्त्री तथा नँया शक्तिका संयोजक बाबुराम भट्टराई यो पटक पनि चुकेनन् । तर उनले हिजोका दिन राजालाई गालि गर्दा जस्तो सकारात्मक प्रतिक्रिया भने पाएनन् । भट्टराईको टिप्पणीमाथि आलोचना गर्नेहरुको ओईरो नै लाग्यो । त्यति मात्र भएन, भट्टराईले गरेको आलोचनालाई लिएर धेरैले फेसबुक स्ट्याटसमा चर्को आलोचना गरे । यस्तो थियो पूर्ब राजा ज्ञानेन्द्रको बक्तब्यलाई लिएर बाबुराम भट्टराईको ट्वीट ।

15644630_1096922640405882_673552143_n

स्थापना कालदेखि नैं राजसंस्थाको पक्षपोषणमा उभिएको र अझ भनौं पूर्ब युवराज पारश शाहको ईच्छा अनुसार न्वारन भएको राष्ट्रिय सरोकार मंच नेपाल र त्यसका अध्यक्ष सोम बिक्रम सिंह पछी हट्ने कुरै भएन् । उनले राजाको बक्तब्यलाई लिएर निकैं चर्को रुपमा सर्मथनमा उत्रे । दरबारको सबैभन्दा निकट र भित्रि शक्तिको रुपमा मानिने सरोकार मंच पूर्ब राजा र पूर्ब युवराजको भ्रमण र अभियानहरुमा सक्रिय हुने गर्दछ । यस्तो छ, सरोकार मंचका अध्यक्षले फेसबुकमा प्रेषण गरेको स्ट्याटस ।

15673393_1096926960405450_586103016_n

दरबारलाई गालि गर्ने सदाबहार बक्ताका रुपमा चिनिने खगेन्द्र संग्रौला पनि पूर्ब राजाको बक्तब्यलाई लिएर मौन बस्ने कुरै भएन । संग्रौला पनि कुर्लिए फेसबुकमा, तर उनले पनि समर्थन भन्दा आलोचना नै बढी खेप्न पर्यो । यस्तो छ, संग्रौलाले प्रेषित गरेको स्टयाटस् ।

15682956_1096944230403723_942733202_n
सुदूरपश्चिम र त्यहाँको पर्यटनका बिषयमा सक्रिय रहने र मानौं बुझाई र गराई नै त्यति हो भन्ने जस्तो ढंगबाट प्रश्तुत हुने किशोर खड्का भने दरबार, राजनीतिक दल र राजनीतिको बिषयमा सधैं प्रतिपक्षको भूमिकामा उभिएको देखिन्छन् । दरबारप्रति झुकाव राखेको हो कि भन्ने जस्तो देखिने खड्का दरबारीयाहरुको आलोचना र दरबारलाई सुझाव दिईरहेको भेटिन्छन् । राजाको बक्तब्यलाई लिएर खड्काको प्रतिक्रिया यस्तो देखियो ।

15645237_1096927000405446_1090062512_n

सामाजिक तथा बिकास अभियन्ता सुवास सिंह भने राजाको बक्तब्यलाई एउटा नागरिकले देशका लागि बोल्न पाउनु पर्ने अधिकारको रुपमा चित्रण गरेका छन् । सिंहले पूर्ब प्रधानमन्त्रि भट्टराईको पोष्टलाई लिएर सफ्ट लाईनमा प्रतिक्रिया दिएपनि उनको स्ट्याटसमा राजाको बक्तब्यको सर्मथन र बर्तमान राजनैतिक अवस्थाको चर्को रुपमा बिरोध गर्नेहरु अधिकांश छन् । यस्तो छ सिंहले प्रेषित गरेको स्ट्याटस ।

15645572_1096927057072107_1480261759_n

पूर्ब राजाको बक्तब्यलाई लिएर सामाजिक संजाल तातिनु र समाचार माध्यमहरुले प्रमुख समाचारका रुपमा लिनुले बिषय बस्तुको गम्भिरर्यतालाई थप महत्वपूर्ण बनाएको छ । एकातिर देशको राजनीति दलहरुको खिचातानीले अस्थिर रहनु र पूर्ब राजाबाट यस्तो बक्तब्य आउनुले सबैलाई सोचनीय बनाएको छ । यस्तो थियो बुधबार पूर्ब राजा ज्ञानेन्द्र शाहले जारी गरेको बक्तब्य

15578868_1625547801081023_2556399753944473199_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू