अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना

बिआरटीनेपाल २०७३ पुष ६ गते १२:०१ मा प्रकाशित

पाँचथर, पुस ५ गते । फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । गत वर्ष इलाममा एम्बुलेन्स दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका बुबा समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गर्नुभएको हो ।

आनन्दको प्रथम वार्षिकीका अवसरमा रु एक लाख रकम रहेको अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषमा पाँचथर सेवा समाजले रु ५० हजार र आनन्दका पिता मेदनीले रु ५० हजार जम्मा गर्नुभएको छ ।

अक्षयकोषबाट फिदिम स्पोर्टिङ क्लबले सञ्चालन गर्दै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताका एक उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष पुरस्कृत गरिने पाँचथर सेवा समाजका अध्यक्ष शहरसिंह तामाङले जानकारी दिनुभयो ।

विगतमा प्रवासमा रहँदा पाँचथर सेवा समाज शाखा युएइका सदस्य रहेका आनन्दको स्मृतिमा फाल्गुनन्द गोल्डकपका उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गरिने अध्यक्ष तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू