अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

गाईलाई थुनेर मारेको भन्दै कैलालीका युवाहरु आक्रोशित

बिआरटीनेपाल २०७३ पुष ६ गते ७:१२ मा प्रकाशित

नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या प्रयोजनले मारेकोमा कैलालीका युवाहरु आक्रोशित बनेका छन् । उनिहरुले गाईलाई मार्ने उद्देष्यकासाथ हप्तौं सम्म थुनेर राखि, बिष खुवाएर मारेको पनि आरोप लगाएका छन् ।

कैलालीका युवा तथा हिन्दु अभियानका अभियन्ता रबिन्द्र कार्कि (डब्बु) ले बिआरटीसँग कुरा गर्दै भने, सरासर हत्या प्रयोजनले मारिएको देखिन्छ । धेरै दिनसम्म केहि नखुवाएर एक ठाउँमा थुनि अहिले आएर कैलालीको गोदावरीबाट करिब ६ किलोमिटर माथि ति गाईहरुलाई फालेको देखिन्छ ।

15683255_10211372463565180_1819943779_n

उनका अनुसार कैलालीको बेदकोट नगरपालिकाले त्यहाँका घुमन्ते गाईहरुलाई समातेर हप्तौं थुनि, केहि नखुवाएर केहि गाई मरेपछि र केहि गाई मर्ने अवस्थामा पुगेपछि ट्रकमा हालेर यो स्थानमा फालेको भन्ने सुनेका छौं र यर्थाथ बुझने क्रममा छौं । जसमध्ये २५ वटा गाई मृत अवस्थामा छन् र १४ वटा गाई मरणाशन्न अवस्थामा छन् ।

उनले नगरपालिकाको यो कार्य घृणित भएको आरोप लगाउँदै छानबिनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी गर्न लागेको पनि जनाएका छन् । साथै कैलालीका युवाहरु नगरपालिकाको उक्त कार्यप्रति रुष्ट हुदैं हिन्दु धर्म र राष्ट्रिय जनावरमाथिको प्रहार सहय नहुने बताएका छन् ।

यस बिषयमा थप छानबिन भईरहेको जानकारी प्राप्त भएको छ ।

15666294_10211372463965190_627721662_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू