अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

‘आहा रारा गोल्ड कप’ खेल्ने नेपाली अमेरिकन सकर (भकुण्डो) टोलीको नामावली सार्बजनिक

बिआरटीनेपाल २०७३ पुष ५ गते २०:३१ मा प्रकाशित
गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ l गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको छ l आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको हो l
छनौट प्रक्रिया समितिमा रहेका नेपाल का पूर्व राष्ट्रीय खेलाड़ी उमेश प्रधान ,बिनोद खरेल ,सूरज थापा,प्रदीप हुमागाई तथा कुमार शेरचनले उक्त खेलाडीहरुको छनौट गरेका हुन l
 
गोल कीपरहरुमा बाल्टीमोर एथलेटिक क्लबका निस्चल पंडित तथा डीसीका रेनेरो पचेको छनौटमा परेका छन l यसै गरि रक्षा पंक्तिमा ६ जना खेलाडीहरुमा पेम्बा योगर ,डालास गोर्खाज टेक्सास ,रोबिन सुब्बा एनवाईएनऍफ़सी न्यूयॉर्क ,टीचोसो अवाइड ,डीसी ,हेरोन राइ ,न्यूहेम्पशायर  तथा विज्ञान श्रेष्ठ डिसीऍफ़सी छनौटमा परेका छन l
 
यसै गरि मध्य पंक्तिमा पनि ६ जना खेलाडीहरुमा प्रतिक सिंह ,एनवाईएनऍफ़सी न्यूयोर्क ,कमल छेत्री एनवाईएनऍफ़सी न्यूयोर्क  ,किरण लामा एनवाईएनऍफ़सी न्यूयोर्क ,रोशन देवकोटा ,डालास गोर्खाज टेक्सास, परहंग लिम्बु ,एनवाईएनऍफ़सी  न्यूयोर्क तथा एबे मार्कोस डीसी छनौटमा परेका छन lयसै गरि अग्रपंक्तिमा ,अमृत तामांग,डिसीऍफ़सी ,शिशिर विश्वकर्मा ,बाल्टीमोर एथलेटिक क्लब ,उमेश पांडे डलास गोर्खाज टेक्सास तथा सोलोमन आजिग्बे डीसी छनौटमा परेका छन  l
 
यसै गरि आरक्षित खेलाड़ीहरुमा प्रलय राजभंडारी ,एनवाईएनऍफ़सी न्यूयोर्क  ,बिबेक तामांग बाल्टीमोर एथलेटिक क्लब , निरंजन केसी ,डालास गोर्खाज टेक्सास, रोशन घिमिरे डीसीएफसी ,टेनिस कटवाल डीसीएफसी तथा धीरेन मापचन,न्यू हेम्पशायर छनौट मा परेका छन lunnamed
 
आज सार्बजनिक गरिएको छापा विज्ञप्तिमा छनौट भएका सबै खेलाडीलाई अनिवार्य तथा उच्च प्राथमिकताको साथ ३ दिन भित्र क़ानूनी तथा आधिकारिक राहदानी (पासपोर्ट ) उपलब्ध गराउन आब्हान गरिएको छ lर यस बिषयमा बिस्तृत जानकारी लिन नेपाल अमेरिकन भकुण्डो टोलीका संयोजक चंद्र लामा संग संपर्क गर्न बिशेष आग्रह गरिएको छ l
 
संयोजक चंद्र लामाले अनिवार्य रुपमा कागजात बुझाउनु पर्ने र धेरै काम गर्नु पर्ने भएकोले यसलाई गंभीरता पुर्वक लिन आग्रह समेत गरेका छन l

,

छनौट भएका सबै खेलाड़ीहरुलाई पूर्व अभ्यास समेत गराउनु पर्ने हुनाले आगामी दिसम्बर २४ तारीख देखि नै पुनः खेलाडीहरु डीसी आउनु पर्ने बताए l

 
एएनए ,नेपाली अमेरिकन सकर (भकुण्डो )टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ l गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए l
 
सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l उक्त खेलमा अमेरिका बाट प्रथम पटक अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाड़ी सहित अन्य खेलाड़ीहरुले आहा गोल्ड कप खेल्ने छन l 
 
अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्व कांक्षी परियोजना हो l
 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू