अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

क्यालिफोर्नियामा कारको ठक्कर बाट पुनः नेपाली महिलाको मृत्यु

बिआरटीनेपाल २०७३ पुष ५ गते ०:०२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान् डियगोमा गत शनिवार डिसेम्बर १७ तारिख राती ११ बजेर ४५ मिनटमा नेपाली महिलाको कार दुर्घटनामा परि मृत्यु भएको खबर स्थानीय पत्र पत्रिकाले लेखेका छन् l
फक्स न्यूज सान्डियगो डट कम ,प्याच डटकम तथा सीबीएस डटकम ले मृतक ३८ वर्षीय सरिता शाक्य भएको पुष्टि भएको छ l स्वस्थ्य परिचारिका पेसामा संलग्न मृतक शाक्य की ४ वर्षीय छोरीलाई छोडेर गएकी छिन भने दिउसोको समयमा छोरी सँग समय दिने र राति काम गर्न रुचाउने भनी सीबीएस ८ को समाचारमा उनका छिमेकीले भनेको कुरा उल्लेख गरेको छ l
शाक्यकी छीमे की क्रिस्टिना मेसीयर ले पहिले दुखत घटना सुनेकी थिइन भनी उक्त सीबीएस ८ को समाचारमा लेखेको छ l मादक पर्दाथ सेवन गरेर चालकले गलत मार्गमा विपरीत दिशामा कुदाउदा दुर्घटना भई नेपाली महिला शाक्यको ज्यान गएको जनाइएको छ l

मादक पदार्थ सेवन गरेको ३४ वर्षीय महिलाले ४ एस ऱ्यांच क्षेत्रको बाटोमा ठक्कर दिएकी थिइनँ l दुर्घटनाको समय गम्भीर घाइते भएकी संदिग्ध महिला मुख्य चोटपटक लागेको भएता पनि उनको अवस्था सुदृढ़ हुँदै गएको बताइएको छ l

प्रहरी अधिकृत अनुसार संदिग्ध ३४ वर्षीय को नाम अझ पनि सार्वजनिक गरिएको छैन भने उनले टोयोटा सियाना मिनी भ्यान (सानो गाड़ी ) चलाएको बुझिएको छ l उनले राति ११ बजेर ४५ मिनट मा गलत मार्ग तर्फ चलाई मृतक शाक्यले चलाई रहको टोयोटा कोरोलालाई ठक्कर दिएकी थिइन l

दुईवटा सवारी साधन १६२५० क्यामिनो डेल नोर्टे को पच्छिम तर्फको बाटोको पूर्व क्यामिनो सान बर्नार्डिनोमा ठोकिएको थियो भने मृतक शाक्यले चलाई रहेको गाड़ीमा आगजनी भएको थियो l क्यालिफोर्निया राजमार्ग प्रहरी गस्ती प्रहरी अधिकारी स्टीवन रोबिनसनले मादक पदार्थ सेवन गरी गाड़ी दुर्घटना बनाउने ३४ वर्ष की महिलालाई इंगित गर्दै मृत्यु नभएकोले अब कारगार जाने समय हो भने l

संदिग्ध चालकलाई गत शनिवार १७ तारिख नै स्क्रिप्स मेमोरियल ला जोला अस्पतालमा गम्भीर घाइते भए पछि भर्ना गरिएको छ l चालकलाई अस्पतालमा पनि निगरानी साथ पक्राउ साथ सुरक्षा दिई रहेको राजमार्ग गस्ती प्रहरी अधिकारी रोबिनसन द्वारा जानकारी दिइएको छ l

आधिकारिक विदेशी पत्रिकाका लिन्कहरु :
http://fox5sandiego.com/2016/12/19/woman-killed-by-suspected-drunken-driver-in-4s-ranch-idd/
http://patch.com/california/lajolla/fatal-4s-ranch-car-crash-victims-name-released
http://www.cbs8.com/story/34083728/head-on-collision-leaves-on-woman-dead-suspected-drunken-driver-hospitalized

तस्बिर श्रोत : सीबीएस८

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू