अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

बाँके जिल्लालाई राप्रपाको किल्ला बनाउने नेताहरुको उद्घोष

बिआरटीनेपाल २०७३ पुष ४ गते ९:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बाँके जिल्ला राप्रपाको किल्ला बनाएरै छाड्ने उद्घोष गरेका छन् । आज बाँकेको क्षेत्र न १ को एकीकरण भेलामा बोल्ने नेताहरुले बाँके जिल्ला पार्टीको उर्जा्दिने जिल्लाको रुपमा बनाएरै छाड्ने बताएका हुन् ।

२०५१ सालको निर्वाचनमा ३ वटै क्षेत्र जितेर राप्रपाको किल्ला बनाएको भन्दै राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन जित्ने प्रशष्ट आधारहरु रहेको बताए ।

राप्रपा पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले जनताको चाहना र आवश्यकता भनेको राप्रपा पार्टी रहेको बताउदै पहिलो पार्टी बनाउन एक भएर लाग्नु पर्ने बताए ।

महामन्त्री राणाले भने अब यो त्यो भन्ने बेला छैन् जनताको भावना अनुसार हिन्दुराष्ट्र स्थापनाका लागि सबै नेता कार्यक्रता सक्रिय भएर लाग्न जरुरी छ । पुर्व मन्त्री प्रेम बहादुर भण्डारीेले अरु पार्टीहरुले जनतालाई अनिर्णयको बन्दीमा पारेको आरोप लगाउदै अबको निकास दिन सक्ने पार्टी राप्रपा रहेको बताए ।

क्षेत्र न १ बाट निर्वाचन जितेर मन्त्री हुँदा उपलब्धी मूलक काम गरेको बताउँदै अहिले सम्म जनताको सेवामा लागि परेको जनाए ।

पुर्व मन्त्री फत्तेसिंह थारुले काँग्रेस एमाले र माओवादी पनि विचलनमा रहेको बताउदै आजको आवश्यकता भनेको जनताको माग सम्वोधन गर्नु रहेको प्रष्ट पारे । विपीको सिद्धान्तको कुरा गर्ने काँग्रेस अहिले अलमलमा रहेको जनाउँदै पार्टी पहिलो बनाउन एक भएर संघर्ष गर्नु पर्ने जनाए ।

पार्टीका केन्द्रिय सदस्य तथा क्षे न १ का नेता हिक्मत ढकालले आफ्नो क्षेत्र पार्टी मजवुद रहेको बताउदै सबै एक भएर लागे निर्वाचन जितेरै छाड्ने ठोकुवा गरे । कार्यक्रममा केन्द्रीय सदस्य ओम प्रकाश आजाद, सलाउद्दिन जसगढ, रमेश अर्याल लगायतका नेताहरुले बाँके जिल्लाको सबै निर्वाचन जिताउनका लागि सबै सक्रिय भएर लाग्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू