अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

हत्याको विरोधमा भोलि लुम्बिनी अञ्चल बन्द

बिआरटीनेपाल २०७३ पुष ४ गते ६:२४ मा प्रकाशित

बुटवल । अज्ञात समूहले गोली हानी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । देबदहको कोलियामा
घटना दिउसो साढे तीन बजे भएकोथियो । प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिरहेको बुटवल प्रहरीका डिएसपी मुकुन्द मरासिनीले बताए । घटनाको विस्तृत विवरण आईसकेको छैन ।

उपचारार्थ देबदह मेडिकल कलेजमा लैजादै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । हत्याको विरोध र दोषीलाई कारबाही माग गर्दै भोलि लुम्बिनी अञ्चल बन्द गर्ने युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य देवराज पोख्रेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू