अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट सुरु

बिआरटीनेपाल २०७३ पुष ४ गते ३:२२ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले महोत्सवको सोमबार राजधानिमा एक कार्यक्रममका बिच उत्घाटन गरेका हुन् ।

तीनदिनसम्म चल्ने महोत्सवमा उत्घाटन कार्यक्रममा पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले चीन र नेपालको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूकम्पपछिको अवस्थामा नेपालका पुरातत्व प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

आपसी सांस्कृतिक र सहकार्यबारे छलफल समेत हुने यो महोत्सवमा दक्षिण एसियाली मुलुकका प्रतिनिधि समेत सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू